Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

समाजिक सुरक्षा कार्यक्रमकाे प्रदेश स्तरिय छलफल

spot_img
spot_img

कलैया । सामाजिक सुरक्षा कार्यक्रमको वर्तमान अवस्था, चुनौती र अवसर बिषयक प्रदेश स्तरिय छलफल कार्यक्रम मंगलबार जनकपुरमा सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि प्रदेश नं. २ का सामाजिक बिकास राज्य मन्त्री अभिराम शर्माले सबैको लागि सामाजिक सुरक्षा आवश्यकता रहेको बताए । उनले अहिलेको वर्तमान अवस्थामा सबै बर्गका ब्यक्तीहरुलाई सामाजिक सुरक्षा अति आवश्यक भएकोले प्रदेश सरकारको नितिमा समावेश गरिने बताए ।

मन्त्री शर्माले सामाजिक सुरक्षा अन्तर्गत पर्ने जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका ब्यक्ती, बालबालिका, सिमान्तकृत, पिछिडिएका, यौनिक तथा लैंगिक अल्पसंख्यक गरिब तथा बिभिन्न सेवाबाट बन्चित बर्गहरुको हकहित, संरक्षण र उत्थानको लागि स्थानिय तहबाट सेवा प्रवाहमा जोड दिए ।

सम्बोधनकै क्रममा प्रदेश सदस्य, सामाजिक बिकास मन्त्रालयका सचिव, बिभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख, प्रतिनिधि तथा संचारकर्मीहरुले सबैको समन्वय, सहकार्य भए मात्रै सामाजिक सुरक्षा कार्यक्रम सफल हुनेमा जोड दिए ।

मन्त्री शर्मालाई २३ बुन्दे ज्ञापन

कार्यक्रममा सामाजिक सुरक्षा नागरिक संजालको उपाध्यक्ष डोलमा तमाङ्ग र संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुशवाहाले संयुक्त रुपमा २३ बुन्दे ज्ञापन पत्र प्रदेश नं. २ का सामाजिक बिकास राज्य मन्त्री अभिराम शर्मालाई बुझाएका थिए ।

संरक्षण नेपाल बाराको सहजिकरण सिविस तथा सामाजिक सुरक्षा नागरिक संजालको आयोजना र वि सोशियल मोमेनट, सेभ द चिल्ड्रेनको सहयोगमा कार्यक्रम भएकाे थियाे ।

सामाजिक सुरक्षा नागरिक संजालकी उपाध्यक्ष तमाङ्गको अध्यक्षतामा भएकाे कार्यक्रमकाे सहजिकरण तारक धिताल, कार्यपत्र प्रस्तुत सरोज अर्चाय, स्वागत मन्त्वय संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुशवाहा र संचालन नविन महर्जनले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...