Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

मनाव सेवा आश्रममा खाना खुवाएर हाेली मिलन

spot_img
spot_img

वीरगंज । वीरगंजमा युवाहरुले न्याँ तरीकाले होली मिलन समारोह गरेका छन् । फैनकैन आयुर्वेदीक संस्थाले वीरगञ्जकाे मानव सेवा आश्रममा अनाथ बृद्ध बृदाहरुलाई खाना खुवाई होलि मिलन समारोह गरेेकाे हाे ।

समाजमा सकारात्मक उर्जा फैलाउने उदेश्यले साेमबार मानव सेवा आश्रममा सडक पेटीबाट उठाएर ल्यएका टुहुरा आमा बुवालाई खाना खुवाई होलिमिलन गरेको फै्नकैन संस्थाका जिल्ला सचिव शिवाजि यादवले बताए ।

होलि मिलन समारोहमा आपसी भाईचारा र सुमधुर सम्बन्ध बिस्तार र पुराना बिचार, ईस्या र आपसी सदभाव बनाई राख्नको लागि रंगको जस्तो रंगिन जीवन हाँसीखुसी बितोस भन्ने उद्देश्य मात्र नभई बृद्ध बृद्धा भगवानको स्वरुप भएकाले अबिरलगाई आर्शिवाद लिने गरीन्छ । तथा बर्ष दिनहरुको तिता–मिठा कुराहरुलाई बिर्सेर नया दिनको सुरुआतको लागि होलि मिलन समारोह उपस्थित सदस्य तथा पदधकारीहरुले बताएका थिए । 

संस्थाका अध्यक्ष बिचारी प्रसाद यावको अध्यक्ष्तामा भएकाे कार्यक्रममा संस्थाका सदस्य सम्भु यादव, निरजमोहन सहाय, नवराज यादव, किसोरी साह लगायतकाे उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...