Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

बाराबाट ३ जना फरार प्रतिवादी पक्राउ

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएकाे प्रहरी टाेलीले साेमबार लेनदेन मुद्दाका फरार प्रतिवादी बाराकाे परवानीपुर गाउँपालिका वडा नं. १ का ५० बर्षिय राजेन्द्र प्रसाद धानुकलाई पक्राउ गरेकाे हाे ।

बारा जिल्ला अदालत कलैयाको मिति २०६२/०२/१२ गतेको फैसलाले १ वर्ष कैद ठहर भएका धानुकलाई पक्राउ गरी साेमबार नै बारा जिल्ला अदालतमा आवश्यक कारवाहीको लागि पेश गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

यसका साथै अस्थाई प्रहरी पोष्ट बसपार्क कलैयाबाट खटिएको प्रहरी टोलीले सम्मानित बारा जिल्ला अदालत कलैयाको मिति २०६६/०३/२७ गतेको फैसलाले जनही रू.३५०।- नगद जरीवाना ठहर भई कुटपिट मुद्दामा फरार रहेका प्रतिबादी बाराकाे कलैया उपमहानगरपालिकाकाे वडा नं. १४ भौरा टोल बस्ने ४० बर्षिय जादोलाल सहनी र बर्ष ३५ को कपिलदेव सहनीलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि बारा जिल्ला अदालतमा पेश गरिएको हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...