Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

वीरगंजबाट लागु औषधसहित एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले लागु औषध डाईजीपाम, नुर्फिन र प्रोमाथाईजिन सहित एक जनालाई पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे प्रहरी टाेलीले आइतबार ७:२५ बजेकाे समयमा वीरगंज महानगरपालिकाकाे वडा नं. १६ ईनर्वागाँउबाट धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा नं. ८ का २६ बर्षिय शिव नेपालीलाई पक्राउ गरेकाे हाे ।

            सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा निजको शरीर रीतपूर्वक खानतलासी गर्दा निजले बोकेको ३ वटा कालो प्लाष्टिकको झोला भित्र लागु औषध डाईजीपाम-६३ एम्पुल, नुर्फिन- ६२ एम्पुल र प्रोमाथाईजिन- ६३ एम्पुल गरी जम्मा १८८।– एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

पक्राउ परेका नेपालीमाथी लागु औषध सम्बन्धी कसूरकाे मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...