Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

वीरगंजका मेयर र भक्तपुरका मेयर बीच भेटघाट

spot_img
spot_img

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी र भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति बीच साेमबार भेटघाट भएको छ ।

काम विशेषले वीरगंज आएका भक्तपुरका मेयर प्रजापतिले वीरगंजका मेयर सरावगीलाई उहाँकै कार्यकक्षमा भेटघाट गरेका थिए । भेटकाे क्रममा वीरगंज महानगरपालिकाले गरेको विकास र भक्तपुरले गरेको विकासको बारेमा एकआपसमा अनुभव आदान प्रदान गरिएको महानगर प्रमुख सरावगीले वताए ।

मेयर सरावगीले वीरगन्ज महानगरपालिकाले अहिलेसम्म गरेको सरकारात्मक कार्यहरु तथा समस्या र चुनौतीको बारेमा भक्तपुरका मेयर प्रजापतिलाई सुनाउनु भएको थियो ।

भक्तपुरका मेयर प्रजापतिले पनि भक्तपुर नगरपालिकाले गरेका कामहरु तथा भोगेका समस्या र चुनौतीको बारेमा अनुभव साटासाट गरेका थिए । आगामी दिनमा दुवै स्थानीय सरकारकाबीच विभिन्न विकास साझेदारीको विषयमा पनि छलफल भएको मेयर सरावगीले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...