Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

योजना तर्जुमा गर्दा प्रथामिकताको आधारमा गर्नु पर्छ : मेयर सरावगी

spot_img
spot_img

वीरगन्ज । वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले बजेट तर्जुमा गर्दा प्राथामिकताको आधारमा गर्नुपर्ने र त्यसको प्रभावकारी कार्यान्वनका लागि अनुगमन नियमित हुनु पर्ने वताएका छन् ।

प्रदेश २ सरकारको नीति आयोगले साेमबार वीरगन्जमा आयोजना गरेको बजेट तर्जुमा, अनुगमन तथा मूल्यांकन सम्बन्धी एकदिने गोष्ठीमा वाेल्दै मेयर सरावगीले बजेट तर्जुमा गर्दा पूरा गर्न सकिने योजनाहरुको प्रथामिकीकरण गरेर मात्रै योजना छनौट गर्नुपर्ने र त्यसलाई पूर्णरुपमा सम्पन्न गर्न अनुगमन तथा खबरदारी आवश्यक रहेको बताए ।

उनले कतिपय योजनाहरु अहिले राजनीतिक दलका कार्यकर्ताहरुलाई भर्ना गर्ने र उनीहरुलाई पाल्ने खालका मात्रै भएको भन्दै त्यसलाई सुधार गरेर जनताले प्रत्यक्ष महशुस गर्ने खालको योजनाहरुमा बजेट विनियोजन हुनुपर्ने बताए ।

प्रदेश २ का नीति आयोगका उपाध्यक्ष डाक्टर भोगेन्द्र झाको अध्यक्षतमा भएको कार्यक्रममा पर्साका विभिन्न स्थानीय तहका प्रमुखहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण प्रदेश २ आर्थिक तथा योजना मन्त्रालयका सचिव काशीराज दाहालले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...