Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

वीरगंजमा पुन: काेराेना संंक्रित भेटिन थाले, ५० जनाकाे परिक्षण गर्दा १० जना पाेजिटिभ

spot_img
spot_img

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा गरिएको कोरोनाभाइरस परिक्षणमा १० जना पोजेटिभ भेटिएका छन् ।

विभिन्न स्थानबाट जम्मा गरेर ल्याइएको ५० जनाको थ्रोट स्वाबको नमुनालाई नारायणी अस्पतालस्थित प्रयोगशाला पिसिआर प्रविधिबाट परिक्षण गर्दा २ जना महिलासहित थप १० जनामा सङ्क्रमण भेटिएको अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले वताए ।

उनका अनुसार भेटिएका १० जना सङ्क्रमितमध्ये ६ जना बारा जिल्लास्थित जितपुरसिमरा उपमहानगरपालिकाको विभिन्न वडाका बासिन्दा हुन् । सङ्क्रमितहरुमध्ये दुई जना वडा नम्बर ३ का बासिन्दा हुन् भने बाकी वडा नम्बर ३, ५, ८ र ९ को बासिन्दा हुन् । संक्रमितहरुकाे उमेर समूह २० वर्षदेखि ३८ वर्ष रहेको छ ।

त्यसैगरी अन्य सङ्क्रमितहरुमध्ये दुईजना पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकाको बासिन्दा छन् । उनीहरु वीरगञ्जको वडा नम्बर १० र ३१ का बासिन्दा हुन् । त्यस्तै एकजना सङ्क्रमित झापाको मेचीनगर नगरपालिकाकाको वडा नम्बर १२ का बासिन्दा रहेका छन् ।

भेटिएका सङ्क्रमितहरुको सिटि भ्यालु २३ देखि ३५ सम्म रहेको डा. दासले जानकरी दिए ।

लामो समयपछि अस्पतालमा गरिएको परिक्षणमा यति धेरै सङ्क्रमित भेटिएका हुन् । यसअघि अस्पतालले १ सय १५ जनासम्मको स्वाब परिक्षण गर्दा १ जनादेखि बढीमा ५ जनासम्म सङ्क्रमित भेटिने गरेका थिए । 

छिमेकी राष्ट्र भारतका कयौँ क्षेत्रमा कोभिड सङ्क्रमितहरुको सङ्ख्या बढेको कारण पुन: लकडाउन भइरहेको बेला सिमावर्ती जिल्ला बारा र पर्सामा यसरी सङ्क्रमितको सङ्ख्या ह्वातै बढ्नुलाई धेरैले चिन्ताको विषय भनेर औल्याएका छन् ।

केहि दिन अगाडी मात्रै नेपाल चिकित्सक संघ नारायणी, वीरगंजले एक प्रेस विज्ञप्ती जारी गर्दै काेराेना भाइरसकाे सवालमा सचेत हुन जरुरी रहेकाे जनाएकाे थियाे ।

संघका सचिव डा. उद्य नारायण सिंहद्वारा हस्ताक्षरित विज्ञप्तीमार्फत आउदाे चाँड पर्वमा सर्तकता नअपनाए पुन: भयावह स्थिति उत्पन्न हुन सक्ने सम्भावना प्रबल रहेकाे देखिएकाेले सचेत एवम् जागरुक हुन अपिल गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...