Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

मेयर सरावगीद्वारा महानगरका विभिन्न क्षेत्रको अनुगमन

spot_img
spot_img

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले महानगरको विभिन्न क्षेत्रहरुको स्थलगत अनुगमन तथा निरीक्षण गरी समस्याहरुको बारेमा जानकारी लिएका छन् ।

मेयर सरावगीले आफ्नो नियमित कार्यक्रम अन्गर्त महानगरको विभिन्न क्षेत्रको अनुगमन तथा निरीक्षण गरेकाे उनकाे सचिवालयले जनाएकाे छ । उनले आईतबार महानगरपालिकाको वडा नम्बर ९ मा अनुगमन गरेर विभिन्न समस्याहरुको बारेमा जानकारी लिएका हुन् ।

अनुगमनकाे क्रममा उनले नगरक्षेत्रमा जथाभावी फोहोर फालिएको पाईएको र त्यसलाई व्यावस्थापन गर्न समेत निर्देशन दिए । उनले वडा नम्बर ९ को ढलनाला खाली स्थानमा थुपारिएको फोहोर व्यावस्थापनका लागि सम्बन्धित निकायलाई सचेत समेत गराए ।

ढलनालामा जथाभावी फोहोरहरु फाल्ने गर्दा नाला जाम हुने र बर्षातमा पानी जमेर महानगरपालिका डुबानमा पर्ने गरेकोले त्यसलाई समयमा नै व्यवस्थित गर्नुपर्ने बताए ।

त्यस्तै महानगर प्रमुख सरावगीले आजै वडा नम्बर १८ भवानपुरमा रहेको विद्यालय र स्वास्थ्य चौकीमा पनि अनुगमन निरीक्षण गरे । अनुगमनका क्रममा उनले विद्यालयहरु समयमा खुल्छ कि खुल्दैन, पठनपाठन नियमित भएको छ कि छैन ? स्वास्थ्य चौकीबाट स्वास्थ्य सेवाहरु सहज ढंगबाट भएको छ कि छैन भन्नेबारेमा जानकारी समेत लिएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...