Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

पर्साको ग्रामिण भेगमा ट्राफिक प्रहरी चेकजाँच गर्दा विवाद

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ महुवनमा शनिबार ट्राफिक प्रहरीले सवारी साधन चेकजाँच गर्दा विवाद भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साबाट संयुक्त रूपमा खटिएका प्रहरी टोलीले हेलमेट, लाइसेन्स र बिलबुक चेक जाँच गर्ने क्रममा स्थानीय र प्रहरीसंग विवाद भएको हाे ।

महुवन चाैकमा ट्राफिक नियम चेक जाँच गर्न खटेका ट्राफिक प्रहरीले हेलमेट, लाइसेन्स र बिलबुक नभएका मोटरसाइकल चालकहरूलाई चेक जाँच गर्ने क्रममा केहीलाई कारबाही र केहीलाई यस्तै छोडेपछि विवाद भएको थियाे । चेकजाँच गर्ने क्रममा प्रहरीले ट्राफिक नियम विपरीत चलाएका केही मोटरसाइकल चालकलाई फाइन काटेको र केहीलाई त्यतीकै छोडेपछि विवाद भएको प्रत्यक्षदर्शीहरुले बताए ।

स्थानिय प्रत्यक्षदर्शीका अनुसार चेक जाँच गर्न खटेका प्रहरीले केहीलाई सरकारी कारबाहीको दायरामा ल्याएर फाइन काटे पनि केहीसंग फाइन बिनै पैसा लिन थालेपछि विवाद भएकाे थियाे । ट्राफिक नियमको दायरामा ल्याउन प्रहरीले फाइन काटे पनि केहीसंग गैर कानुनी ढङ्गबाट पनि पैसा लिएर मोटरसाइकल छोडेका थिए ।

अन्य गाडीलाई कारबाही बिनै किन छोडियो भन्दै स्थानीयले प्रहरीसंग कुरा गर्न लाग्दा मानिसको जमघट बढेपछि विवादलाई साम्य पार्न ट्राफिक नियम उलंघन गर्ने पक्राउ परेका मोटसाईकललाई पनि प्रहरीले कारबाही बिनै छोडेको थियाे ।

ट्राफिक नियम पालना गराउन ट्राफिक प्रहरी पर्साको ग्रामीण भेगसम्म ट्राफिक नियम लागु गर्न कडाइ गर्नु सराहनीय काम भए पनि त्यसको बाहानामा जनतालाई डराई धम्काई ठगी गर्ने प्रहरीको कार्यलाई देखेपछि स्थानीय त्यसकाे विराेधमा उत्रेका थिए ।

ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक सुमन कार्कीले ग्रामीण भेगमा हेलमेट नलगाएर पनि मोटरसाइकल चलाउने बानी परेको पाइएकोले चेक जाँच गर्न लगाइएको बताए । धेरै जनाले हेलमेट नलगाएर नै गाडी चलाएको पाईपछि कारबाही गर्दा विवाद भएको बताए ।

विवाद भएपछि मोटरसाइकल चालकहरूलाई सचेत गराएर अर्को चोटि नियम उलंघन गरिएको खण्डमा कारबाही गरिने सुझाव दिँदै मोटरसाइकल छाडिएकाे प्रहरी निरीक्षक कार्कीले बताए । उनले महुवनमा हेलमेट र लाइसेन्स नभएका ६ जनलाई रु ५ सयको दरले कारबाही समेत गरिएकाे बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...

१९ क्विन्टल कुखुरा र रकम लुटिएको आरोपको व्यवसायी सङ्घद्वारा खण्डन

वीरगञ्ज । पर्सामा १९ क्विन्टल बोइलर कुखुरा र ५ लाख रुपैयाँ लुटिएको भन्ने आरोप निराधार रहेको भन्दै पर्सा ग्रामीण कुखुरा व्यवसाय सङ्घले खण्डन गरेको...

शैक्षिक गुणस्तर र अनुशासनमा जोड, विद्यालय व्यवस्थापन समितिको छड्के अनुगमन

वीरगञ्ज । पकहाँमैनपुर गाउँपालिकास्थित श्री राम चरित्र भगत माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिले छड्के अनुगमन गर्दै शैक्षिक गुणस्तर र विद्यार्थी अनुशासनमा विशेष जोड दिएको...