Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

एक किलो ग्राम अफिम सहित एक जना पक्राउ

spot_img
spot_img

वीरग‌ज ।  जिल्ला प्रहरी कार्यालय बाराले एक किलाे ग्राम लागुु औषध अफिमसहित एक जनालाई पक्राउ गरेकाे छ  ।

विशेष सूचनाको आधारमा खटिएकाे प्रहरी टाेलीले शनिबार दिउसाे एक बजेको समयमा बारा जिल्ला बारागढी गाउँपालिका वडा नं.१ भवानीपुरस्थित सडक खण्डबाट जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ टागियाबस्ती टोल बस्ने बर्ष २७ को राजकुमार योन्जन तामाङलाई पक्राउ गरेकाे हाे ।

बा.३५ प ८२२ नम्बरको मोटरसाइकमा इटहरबेलाही तर्फबाट पोखरीयातर्फ जादै गरेकाे तामाङलाई रोकी चेकजाँच गर्दा मोटरसाइकलकाे लेगार्डमा झुण्डियाई राखिएको कालो प्लाष्टीक झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा १ केजी अफिम फेला परेकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

पक्राउ परेका तामाङमाथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक गाैतम मिश्रले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...