Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

बाराबाट पेस्ताेलसहित एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले अबैध हतियारसहित एक जनालाई पक्राउ गरेकाे छ ।

प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ०७ शान्ति टोलस्थित बाटो छेउमा रहेको गजेन्द्र ठाकुरको सैलुनबाट महोत्तरी गाउँपालिका वडा नं.२ बस्ने वर्ष ४० को प्रमोद कुमार चौधरी भूमिहारलाई पक्राउ गरेकाे हाे ।

इलाका प्रहरी कार्यालय सिमरा र जितपुर बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले सैलुनमा शंकास्पद रूपमा बसिरहेको अवस्थामा भूमिहारलाई चेकजाँच गर्दा निजकाे साथबाट कटुवा पेस्तोल १ थान, साेही पेस्ताेलमा फिट हुने गोली २ राउण्ड र मोबाईल सेट २ थान फेला परेकाेले नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

शुक्रबार दिउसाे ३ बजे भूमिहारलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक गाैतम मिश्रले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...