Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

तीन तहकाे समन्वय विना विपद व्यावस्थापन असम्भव : मेयर सरावगी

spot_img
spot_img

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरवागीले तीनवटै तहको सरकार बीच आपसी समन्वय नगरी विपद व्यावस्थापन सम्भव नहुने बताएका छन् ।

राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यावस्थापन प्राधिकरणले आयोजना गरेको विषम जलवायु परिवर्तन र स्वास्थ्य प्रभाव विषयमा बिहिबार सिमरामा आयोजित प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले तीनवटै तहको सरकार बीच आपसी समन्वय सहकार्य हनुपर्नेमा जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर सरावगीले कोभिड महामारीमा स्थानीय तहको सरकारको हैसियतले व्यावस्थापनमा गरिएको प्रयासमामा विभिन्न अवरोधहरु आएको बताउदै तहगत कार्य क्षेत्र र अधिकार स्पष्ट नभए व्यावस्थापनमा चुनौती आउने बताए ।

विपद जोखिम न्यूनीकरण र व्यावस्थापनको योजना नै कमजोर रहेको बताउदै महानगर प्रमुख सरावगीले इमान्दार प्रयास हुँदाहुँदै पनि तीन तहको सरकारको भूमिकालाई अन्योल बनाएर विपद व्यावस्थापनमा समस्या भएको बताउए । उनले जलवायु परिवर्तनबाट हुने विपदलाई न्यूनिकरण गर्नको लागि निजीवनहरुलाई कृषिमा सरह सुविधा दिनुपर्नेमा जोड दिए ।

नीजिवनहरुलाई कृषि सरह सुविधादिए बाँझो जमिनमा विरुवा रोपेर सबै जंगल बनाउन सकिने उनकाे भनाई थियाे ।

वीरगन्ज पथलैया औद्योगिक करिडाेरबाट निस्किने ध्वनी,  वायु तथा वातावरण प्रदुषणको जोखिम यस क्षेत्रका नागरिकलाई मात्रै हुने तर यसबाट उठ्ने राजस्वको फाईदा भने केन्द्र सरकारले बढी लिने गरेकोले यस्तो जोखिम करहरुको राजस्व आधा पाउनु पर्ने दाबी गरे ।

राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यावस्थापन प्राधिकरणका कार्यकारी निर्देशक सुशील पोखरेलले विपद जोखिम न्यूनीकरणका लागि विभिन्न कार्य विधिहरु त्यार गरिने, विपद जोखिमको आंकलन गरी कसरी न्यूनीकरण गर्ने ? विपदबाट आउने जोखिमको पूर्व जानकारीको लागि प्रविधिको विकासमा लगानी तथा तालिम केन्द्रहरुको स्थापनाका लागि स्रोत जुटाउने लगायतका कार्य योजनाहरु तयार पार्न लागिएको बताए ।

प्राधिकरणका सह सचिव कृष्ण हरि पुष्करले नागरिकको अधिकार र मानव अधिकार रक्षाको लागि पनि जलवायु परिवर्तनमा तीन तहको सरकार र चार तहको संयन्त्रको आपसी समन्वय कसरी गर्ने भन्ने विषयको प्रयास स्वरुप कार्यक्रमको आयोजना गरिएकाे वताए ।

कार्यक्रममा प्रदेश २ का मुख्य सचिव गोकर्णमणी दवाडी, प्रदेश २ का ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बाढी पीडितका लागि पटेर्वा सुगौली गाउँपालिकाको ५ लाख ५१ हजार सहयोग

वीरगंज । रसुवा, नुवाकोट तथा धादिङ जिल्लामा भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पटेर्वा सुगौली...

नारायणी अस्पतालबाट चाेरी भएकाे नवजात शिशु फेला, एक महिला पक्राउ

वीरगंज । नारायणी अस्पतालबाट चाेरी भएकाे नवजात शिशुलाई प्रहरीले करिब २० घण्टापछि सकुशल उद्धार गरेको छ । घटनामा संलग्न रहेको आरोपमा वीरगंज महानगरपालिका–१६ निवासी...

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...