Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

नारायणी अस्पतालका चिकित्सकहरुद्वारा विराेध प्रदर्शन

spot_img
spot_img

वीरगंज । नारायणी अस्पताल वीरगंजका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले जाेखिम भत्ताकाे माग गर्दै बिहिबार विराेध प्रदर्शन गरेका छन् ।

“जाेखिम भत्ता चाहियाे, काेभिड १९ मा काम गर्ने काे ? भत्ता खाने काे ?” लेखिएकाे पम्पलेटसहित काेभिड महामारीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु विराेध प्रदर्शन गरेका हुन् ।

जाेखिम भत्ताकाे रकम सरकारले अस्पतालमा पठाए पनि अस्पताल प्रशासनले भत्ता नखुवाएकाेले विराेधमा उत्रनु परेकाे डा. उद्य नारायण सिंहले वताए ।

जाेखिम भत्ताकाे लागि लेखा शाखाले मागेकाे सम्पूर्ण कागजातहरु दिदा पनि भत्ता नखुवाएका कारण बिराेधमा उत्रनु परेकाे उनले वताए । उनले भने “काेभिड महामारीमा आफ्नाे ज्यानकाे प्रवाह नगरि हामीले काम गर्याे । तर साेही वापत नेपाल सरकारले पठाएकाे जाेखिम भत्ता खुवाउन यत्राे ढिलाई किन ?”

उनका अनुसार साउन देखीकाे अस्पतालका ४ सय जति चिकित्सक र स्वास्थ्यकर्मीहरुले जाेखिम भत्ता खान सकेका छैनन् । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट संजय ठाकुरले जाेखिम भत्ताकाे सबैले माग गरेका कारण खुवाउन समस्या भएकाे वताए ।

उनले भने “जाेखिम भत्ताकाे लागि काेभिडमा काम गर्ने कर्मचारीकाे डिउटी प्रमाणित गर्न भनेका छाैं । त्यसकाे लागि समिति पनि बनाएका छाैं, डियुटी प्रमाणित गरेर आए लगतै नेपाल सरकारकाे नियम अनुसार भत्ता लेखा शाखाले खुवाउने छ ।”

उनले अर्काेतर्फ काेभिडमा काम नगरेका कर्मचारीले पनि जाेखिम भत्ता खान चाहेकाेले पनि समस्या भएकाे वताए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...