Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

विद्यालयमा सुरक्षित सिकाईको वातावरण बनाउन आवश्यक : मेयर सरावगी

spot_img
spot_img

वीरगन्ज । ‘विद्यालयमा सुरक्षित सिकाई वातावरणका लागि मूलधारको नीति” विषयक जिल्ला स्तरीय अन्तरकृया कार्यक्रम आइतबार वीरगंजमा सम्पन्न भएको छ ।

कार्यक्रमको उदघाटन गर्दै वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले हरेक नीति निर्माणमा संघ सरकारको विरोधाभाषपूर्ण अवस्थाका कारणले स्थानीय तहको क्षेत्राधिकार भित्र रहेका शिक्षाको नीति निर्माणमा पनि समस्या हुने गरेको बताए ।

उनले स्थानीयतहहरुले संविधान र कानूनको दायरा भित्र रहेर नीति निर्माण गर्दा समेत संघ सरकारले विभिन्न समयमा निर्देशनात्मक आदेश दिएर त्यस्ता नीतिहरुको कार्यान्वयनमा अवरोध गर्ने गरेको बताए ।

विद्यालयमा बालबालिकाहरुलाई सुरक्षित सिकाईको वातावरण बनाउनु पर्ने बताउदै मनोवैज्ञानिक रुपमा नकारात्मक असर पार्ने खालको वातावरण विद्यालयमा भए त्यसले दक्षजनशक्ति उत्पादन हुन नसक्ने बताए ।

बालबालिकाको सिक्ने प्रारम्भिक थलो नै विद्यालय भएको र भोलीका युवाहरुको भविष्यको आधारशीला पनि विद्यालय नै भएकोले विद्यालयमा सुरक्षितसिकाईको वातवरण हुन आवश्यक रहेको बताए ।

कार्यक्रमा पर्सागढी नगरपालिकाका मेयर लाेकनारायण यादव, पाेखरिया नगरपालिकाकी उम मेयर सलमा खातुन लगायत पर्साका अन्य स्थानीय तहका प्रमुख, शिक्षा समितिका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरुको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...