Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

तरकारीको बोरामा लागु औषध बरामद, दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले आइतबार लागु औषधसहित दुई जनालाई पक्राउ गरेकाे छ  ।

लागु औषध नियन्त्रण ब्युरो बीरगञ्ज पर्साले वीरगंज महानगरपालिकाकाे वडा नं. १६ रजतजयन्ती चाेकबाट भारतकाे युपी राज्य जिल्ला गाेरखपुर पाेखराका ५५ बर्षिय रमेश दास र जिल्ला मकवानपुर हेटौँडा उपमहानगरपालिका वडा नं.९ का २९ बर्षिय राम कुमार देउजालाई पक्राउ गरेकाे हाे । 

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुबै जनामाथी शंका लागी शरीर खानतलासी गर्दा निजहरूले बोकेको तरकारी हालेको बोरामा लुकाइछिपाई ल्याएको लागु औषध ONEREX-100ml ५० बोतल र नाइट्रोभेट १० पत्ता ३ सय ट्याव्लेट फेला परेकोले नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

पक्राउ परेका दुबै जनालाई लागु औषध सम्बन्धि कसूरमा थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...