Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

कानु पत्रकार संघ बाराको शपथ ग्रहण

spot_img
spot_img

वीरगंज । कानु पत्रकार संघ बाराको सपथ ग्रहण तथा कार्यालय उदघाटन कार्यक्रम शनिबार सम्पन्न भएकाे छ ।

बाराको कलैयास्थित होटेल करण राज प्यालेसमा भएकाे कार्यक्रममा वाेल्दै प्रदेस सभा सदस्य बाबुलाल साह कानुले पिछडिएका कानु जातिको मात्र नभई सबै जातिको उत्थान गर्न पत्रकारहरुलाई आग्रह गरे ।

कानु पत्रकार संघ बाराको गठन भएकोमा आफू धेरै खुशी भएको वताउदै उनले कार्यलय संचालनको लागि चाहिने आवश्यक सामग्रीहरु आफुले सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । उनले कानु, कान्दु, हलौवाई सबैलाई गोलबन्ध गरि एकजुट बनाउनु पर्ने जोड दिए ।

बाराको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले दहेज प्रथा अन्तको लागि छोरिलाई उच्च शिक्षा दिनु पर्ने बताए । 

महागढीमाई नगरपलिकाकी उपप्रमुख तारा देबि कानुले निष्पक्ष पत्रकारिताले समाज परिवर्तन हुने बताइन । उनले कानु पत्रकार संघ बाराको पत्रकारबाट सबै जातीको उथान हुने विश्वास व्यक्त गरिन ।

कानु पत्रकार संघ समाजको सबै जातीलाई उथान गर्ने उदेश्यले भएकाे वताइएकाे छ । समाजको बिकृती, उत्पन्न समस्यालाई अन्त गर्दै विभिन्न बर्गका जातीलाई लिएर अगाडि बढ्ने संघको उदेश्य रहेको स्वागत मन्तव्य राख्दै कानु पत्रकार संघका सचिव श्रीकान्त कुमार गुप्ताले बताए ।

संघले काखा पाखा नगरी निष्पक्ष रुपले कलम चलाएर समाजको सेवा गर्ने प्रतिबद्धता संघको तर्फबाट गुप्ताले जनाए ।

कानु पत्रकार संघ बाराको अध्यक्ष अजय साहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं. २ को सचिव गुरुप्रसाद गौतम, वरिष्ठ पत्रकार गोकुल घोरसाईने, पुर्व उपाध्यक्ष राकेश पाण्डे, रेशम तिवारी, कानु समाज बाराको अध्यक्ष ओमप्रकाश साह कानु, उपाध्यक्ष हरिनारायण साह, रबिन्द्र साह, भूषण गुप्ता, नागरिक समाज बाराको अध्यक्ष उमेशलाल दास, उधोग बाणिज्य संघ बाराको महासचिव राम असिस साह कानु लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कानु पत्रकार संघ बाराको सपथ ग्रहण कार्यक्रममा बारा, पर्सा, रौतहटका स्वजातिय ब्याक्तित्वहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन कानु पत्रकार संघको उपाध्यक्ष नरेश गुप्ताले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोपमा विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...

एलएस हस्पिटलमा रक्तदान, १३ महिलासहित ४८ जनाले दिए रगत

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेज परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरामीको उपचारका क्रममा हुने रगत अभाव...

ब्रह्मकुमारीद्वारा डुम्बरवानामा बृहत् निःशुल्क आयुर्वेदिक तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

बारा । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, डुम्बरवानाको आयोजनामा शनिबार बृहत् निःशुल्क आयुर्वेदिक स्वास्थ्य तथा दन्त क्लिनिक शिविर सम्पन्न भएको छ । ब्रह्मकुमारी ममता दिदीको अध्यक्षतामा...