Date
आइत, भदौ ७, २०८३
Sun, August 23, 2026

वीरगंजबाट लागु औषधसहित दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा दोलखा जिल्ला झुले गाउँपालिका वडा नं. २ घर भई हाल जिल्ला चितवन टाँडी नगरपालिका वडा नं. २ बस्दै आएका २० बर्षिय सुरज कार्की र मकवानपुर जिल्ला हटौडा उपमहानगरपालिका वडा नं. ३ निवासी ३५ बर्षिय विकास लामा रहेकाे प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे प्रहरी टाेलीले फागुन २६ गते दिउसाे ४:३० बजे बीरगञ्ज महानगरपालिका वडा नं.२१ परवानीपुर चोक स्थितबाट सुरज कार्कीलाई पक्राउ गरेकाे जनाएकाे छ ।

बीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको बसमा सवार यात्रुहरूलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बसमा सवार कार्कीकाे साथबाट नाइट्रोभेट ५ पत्ताको ७५ पिस लागु औषध बराबद भएकाेले नियन्त्रण लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए । उनले लगाएकाे ज्याकेटको खल्तीबाट लागु औषध फेला परेकोले प्रवक्ता खनालले जानकारी दिए । पर्सा जिल्ला अदालतबाट शुक्रबार ७ दिन म्याद थप गरी लागु औषध मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको खानलले जानकारी गराए ।

त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बीरगञ्जबाट खटिएको टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं. १६ ईनर्वा भन्सार मेन गेटबाट विकास लामालाई पक्राउ गरेेकाे हाे । फागुन २६ गते दिउसाे १२ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको ना ४४ प २६५७ नम्बरकाे स्कुटीको अगाडिपट्टि खाली भागमा राखिएको सेतो बोराभित्र तथा निजले बोकेको कमब्याट झोलाबाट लागु औषध Wincirex १०० एम.एलको २४५ बोतल फेला परेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

 प्रकाउ परेका लामालाई पर्सा जिल्ला अदालतको आदेशले ७ दिन म्याद थप गरी लागु औषध मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको प्रवक्ता खनालले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...

नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टको व्यावसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण

वीरगंज । नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टहरूलाई पेशागत जीवनमा प्रवेश गर्न आवश्यक ज्ञान, सीप, मार्गदर्शन तथा करियर विकाससम्बन्धी अभिमुखीकरण प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको “Professional...

गरिमा हत्या प्रकरणमा दोषीलाई हदैसम्मको कारबाही गर्न नेकपा पर्साको माग

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) पर्सा जिल्ला समितिले गम्भीर आपत्ति जनाउँदै दोषीलाई...