Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

शिक्षक संघ कालिकामाईकाे बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ कालिकामाई गाउँपालिकाकाे बैठक शनिबार सम्पन्न भएकाे छ ।

दिव्य कन्या माविका प्रधानाध्यापक रामयतन प्रसादकाे अध्यक्षता र नेपाली कांग्रेस कालिकामाई गाउँपालिका संयाेजक राजेन्द्र प्रसाद कुर्मीकाे प्रमुख आतिथ्यतामा बसेकाे बैठकले ३ वटा महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएकाे हाे ।

बैठकले शिक्षक महासंघ कालिकामाई गाउँपालिकामा धर्मेन्द्र चाैरसियालाई पठाउने निर्णय गरेकाे छ ।

यस्तै, बैठकले शिक्षक संघ कालिकामाई गाउँपालिका संयाेजकमा अरुण किशाेर प्रसाद यादवलाई चयन गरेकाे छ भने शिक्षक संघकाे स्थानिय प्रतिनिधि सभा आउदाे चैत ३ गते गर्ने निर्णय गरेकाे छ ।

श्री सुकई साह मावि भेडिहारीमा बसेकाे बैठकमा शिक्षक संघका जिल्ला सचिव अशाेक साह, सचिव अशाेक महताे, श्री सुकई साह माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विनाेद चाैरसिया, छठु साह लगायत शिक्षक संघसंग आवद्ध कालिकामाई गाउँपालिका अन्तर्गतका १० वटा विद्यालयका शिक्षकहरुकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...