Date
बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

वीरगंज उद्योग वाणिज्य संघको ४५ औं साधारण सभा सम्पन्न

spot_img
spot_img

वीरगन्ज । वीरगन्जका उद्योगीहरुले निर्माणाधीन ६ लेनको व्यापारिक मार्गको नालामा उद्योगको पानी बग्न नदिने उर्दीका कारण अर्बौको औद्योगिक लगानी जोखिममा परेको गुनासो गरेका छन् ।

शुक्रबार वीरगन्ज उद्योग वाणिज्य संघको ४५ औं साधरणसभाको उद्घाटन सत्रमा बाेल्ने उद्योगीहरुले यस्तो गुनासो गरेका हुन् । वीरगन्ज पथलैया औद्योगिक कोरीडोरमा निर्माणाधीन व्यपारिक मार्गको नालामा सडक विभागले उद्योगबाट निस्कने पानी फाल्न नदिन उर्दी नै जारी गरेको उद्योगीहरुले बताए । 

निर्माणाधीन ६ लेनको व्यापरिक मार्गको नालामा उद्योगको पानी फाल्न नदिइए औद्योगिक कोरिडरमा रहेका उद्योग कलकारखाना सन्चलनमा निकै ठूलो समस्या आएको बताए । 

पथलैयादेखि परवानीपुर सम्मको सडक विस्तार गरि ६ लेनको र परवानीपुर देखि गण्डक चोक सम्ममको सडक चार लेनको बनाउने काम चलिरहेको छ । ती दुवै सडक विस्तारका क्रममा अहिले निर्माण गरिएको नालामा उद्योगबाट निस्कने पानी फाल्न नपाइने सडक विभागले उर्दी जारी गरेका कारण यसले अर्बौको औद्योगिक लगानी डुब्ने खतरा रहेको उद्योगीहरुको तर्क छ । 

वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ओम प्रकाश शर्माले ६ लेन सडकको नालामा उद्योगको पानी फाइलन नपाइने सडक विभागले उर्दी नै जारी गरेको वताए । उनले भने “न कुनै डम्पिङ साइट छ, न वेष्टेज फाल्ने कुनै विकल्प दिएको छ, यदि यस्तै गर्ने हो भने यहाँका प्राय सबै उद्योग बन्द हुने अवस्थामा पुग्ने निश्चित छ ।”

अहिले निर्माण गरिएको  नालामा वर्षाका बेला सडकको पानी मात्र निकास हुने तर उद्योगका पानीको भने निकास नहुने गरि निर्माण गरिएकाले वर्षाका बेला उद्योगहरु नै डुबानमा पर्दै आएको उनले बताए ।

सरकारले विदेशी तथा स्वदेशी लगानीको वातावरण सिर्जना गर्नु पर्छ : बरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नेपाल सरकारले मुलुकमा विदेशी तथा स्वदेशी लगानीको वातावरण सिर्जना गर्नुपर्ने बताएका छन् ।

वीरगन्ज उद्योग वाणिज्य संघको ४५ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै ढकालले २० वर्षमा मलेसियाले गरेको विकासको उदाहारण दिदै नेपाल सरकारले विदेशी तथा स्वदेशी लगानीकर्ताको सुरक्षालाई ध्यानमा राख्दै लगानीको वातावरण बनाए २० वर्षमा मुलुकमा विकासले फड्को मार्ने बताए ।

व्यवसाय विकास भएमात्रै मुलुकको विकास हुन्छ र हाम्रो मुलुक व्यवसायको हिसाबमा १९० औं देशमध्ये १७५ औं स्थानमा, लजिष्टिकतर्फ ११४ देशमध्ये १०८ औं स्थान तथा सडक सञ्जालमा १०१ औं स्थान एवं गुणस्तरीय हिसाबले १२० औं स्थानमा रहेकोले हामी अहिलेपनि धेरै पछाडि रहेको र धेरै विकास गर्नुपर्ने भएको भन्दै ढकालले मुलुकमा आउने विदेशी लगानीकर्तालाई तीनै तहको सरकारबाट सुरक्षाको प्रत्याभूति दिलाउन सक्नुपर्ने, स्वदेशी लगानीकर्तालाई लगानीतर्फ प्रोत्साहन गर्न सक्नुपर्ने बताए ।

उनले भने, ‘सरकारले विना लगानी निजी लगानीकर्ताको फाइदाबाट २५ प्रतिशत कर प्राप्त गरिरहेको छ । त्यो नै व्यावसाय चमत्कारीको विकास रहेकोले कुनैपनि निजी क्षेत्रले व्यावसाय सृजना गर्न खोज्दा तिनै तहको सरकारबाट सहयोग हुनुपर्छ ।’

उनले थप भने, ‘मुलुकमा स्वदेशी लगानीकर्ताको आकर्षण बढ्दो छ, एउटा साधारण आईपीओ खुल्यो भने लाखौं लाख नागरिकहरुले लगानी गर्न तयार रहन्छन्, यो अवस्थालाई सरकारले सदुपयोग गर्न सकेन भने त्यो भन्दा दुःखद पक्ष केही हदैन ।’

करको दायरालाई घटाउनु पर्छ : उपाध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले राज्यले जनतालाई सेवा गर्ने हो भने करको दायरालाई घटाउनुपर्ने बताए । उनले राज्यले अनावश्यक रुपमा अन्तत शुल्कको नाममा कर माथि कर थुपारिरहेको भन्दै जनतालाई सेवा नै गर्ने हो भने अनावश्यक करलाई हटाउनुपर्ने तथा व्यापारीहरुलाई अनावश्यक दुःख दिने कार्य बन्द गरिनुपर्ने बताए ।

ऐनमा देखिएको समस्यालाई समाधान गर्नु पर्छ : अध्यक्ष लाठ

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेश लाठले नेपाली वितरकहरुको लगानी कसरी जोगाउन सकिन्छ भन्ने तर्फ केन्द्रीय कमिटीलाई ध्यानाकर्षण गराउँदै उधारो ऐनमा देखिएको समस्यालाई समाधान गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

उनले मुलुकमा सम्पत्ति शुद्धिकरण ऐन लागू गर्नुपर्ने भन्दै यसबाट मुलुकमा हुने भ्रष्टाचारमा न्यूनीकरण हुने विश्वास व्यक्त गरे । मुलुकमा सबैभन्दा बढी उद्योग व्यापार हुने बारा पर्सा कोरिडोरलाई आद्योगिक क्षेत्र घोषणा गर्नुपर्ने बताए ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाको सभापतित्वमा साधारण सभाकाे उद्घाटन समाराेहमा वीरगंज उद्याेग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुबाेध गुप्ता, नेपाली कांग्रेसका सभापति अजय द्विवेदी लगायतकाे सहभागिता रहेकाे थियाे भने कार्यक्रममाे संचालन वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...

वीरगंज १२ काे कांग्रेस सभापतिमा जवाहरलाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ ।...

स्वास्थ्य बीमाको सीमित कोटाले नारायणी अस्पतालमा बिरामीको सास्ती

वीरगन्ज । स्वास्थ्य बीमामार्फत उपचारका लागि नारायणी अस्पताल आउने बिरामीले सीमित ओपीडी कोटा, जनशक्ति अभाव र कमजोर पूर्वाधारका कारण सास्ती व्यहोर्नुपरेको छ। दैनिक तोकिएको...