Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

शिक्षाको नीति सम्बन्धि संवाद तथा पैरवी कार्यक्रम सम्पन्न

spot_img
spot_img

कलैया । रौतहटको गौर नगरपालिकामा मूलप्रवाहिकरणका लागि पालिकास्तरमा शिक्षाको नीति सम्बन्धि संवाद तथा पैरवी कार्यक्रम सम्पन्न भएकाे छ । जनजागरण युवा क्लब कलैया र भिएसओ नेपालको साझेदारीमा संचालित प्ररम्भिक शिक्षा गुणस्तर सुधार परियोजना अन्तर्गत भएकाे कार्यक्रममा शिक्षा ऐन २०७४ लाई अझ प्रभावकारी, बालमैत्री, समावेशी तथा महिला मैत्री बनाउन छलफल गरिएको क्लव बाराका कोषाध्यक्ष सियाराम यादवले जनकारी दिए ।

त्यसैगरी गौर नगरपालिकाको शिक्षा ऐन २०७४ लाई अध्ययन तथा आवश्यक सल्लाह सुझाव दिनका लागि उक्त नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख गणेश बहादुर गिरिको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको उनले वताए ।

कार्यदलमा गौर नगरपालिकाका कानुनी सल्लाहकार रामदरेश साह, जुद्ध माबिका प्रअ चन्देश्वर राउत, माबि टिकुलियाका प्र.अ. गनदेशवर प्रसाद सिंह, शिक्षा समितिका असित कुमार बैध तथा शिक्षा समिति कै बिभा देवी र नारायण बैठा रहेको छन् ।

उक्त समितिले चैत्र महिना भित्रमा गौर नगरपालिकाको शिक्षा ऐन २०७४ लाई अध्ययन गरि अपुग रहेका कुरालाई थपघट गर्न सल्लाह सहितको शिक्षा समितिमा प्रतिवेदन पेश गर्ने छ ।

कार्यक्रममा नेपाल सरकारको शिक्षा नितिहरु र त्यस नगरपलिकाले जोड दिन सक्ने बिषयहरुको प्रस्तुतिकरण क्लबका कार्यक्रम व्यवस्थापक मनोज यादवले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...