Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

लागु औषधसहित दुई जना पक्राउ, ४५ किलाे गाँजा बरामद

spot_img
spot_img

वीरगंज । प्रहरीले लागु औषध गाँजासहित दुई जनालाई पक्राउ गरेकाे छ । पर्सा प्रहरीले वीरगंजबाट एक जनालाई र बारा प्रहरीले पंचराैता नगरपालिकाबाट एक जनालाई पक्राउ गरेकाे हाे । 

विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे प्रहरी टाेलीले मंगलबा सांझ ७ बजेको समयमा बीरगञ्ज महानगरपालिकाकाे वडा नं.११ अल्पाईन बोर्डिङ स्कुल नजिक सडकबाट वीरगंज महानगरपालिका कै वडा नं.१८ बस्ने बर्ष १९ को प्रिन्स पटेललाई पक्राउ गरेकाे हाे ।

ना.४६ प.५३२९ नम्बरको मोटरसाईकलमा सवार पटेललाई राेकी शरीर तथा सवारी साधन खानतलासी गर्दा उनले बोकेको कालो ब्यागमा ३ केजी लागु औषध गाँजा फेला परेको प्रहरीले जनाएकाे छ ।

पटेलालाई मोटरसाइकल तथा लागु औषध गाँजासहित नियन्त्रणमा लिई लागु औषध मुद्दामा थप अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

४५ किलाे गाँजा बरामद

त्यसैगरी, बारा प्रहरीले ४५ किलो ग्राम अवैध लागू औषध गाँजा सहित १ जनालाई पक्राउ गरिएकाे जनाएकाे छ । 

विशेष सूचनाको आधारमा मंगलबार राती ११ बजेको समयमा जिल्ला प्रहरी कार्यालय बारा मातहत सुरक्षा प्रहरी वेश क्याम्प लंगडा चौकबाट खटिएको प्रहरी टोलीले बाराकाे पचरौता नगरपालिका वडा नं. ८ बाजोपट्टी कुलोस्थितबाट बारागढि गाउँपालिका वडा नं. ४ पोखरिया टोल निवासी ५० बर्षिय बाबुलाल चौधरीलाई पक्राउ गरेकाे हाे । 

कुलाेस्थित ४ जना व्यक्तिहरूले पिठ्युमा जुटको बोरा बोकिआइरहेको अवस्थामा प्रहरी टोलीलाई  देखि भाग्ने क्रममा ३ जना भागी फरार भएको र निजहरू मध्येका चौधरीलाई मात्र पक्राउ गर्न प्रहरी सफल भएकाे जिल्ला प्रहरीले कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक गाैतम मिश्रले वताए ।

निजहरूले बोकी आएको अवैध लागू औषध गाँजा ४५ किलो ग्राम बरामद गरी पक्राउ परेका चौधरीलाई लागू औषध मुद्दामा बारा जिल्ला अदालतबाट म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान तथा फरार रहेका संलग्न व्यक्तिहरूको खोजी कार्य भइरहेको उनले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...