Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

३ करोड ५६ लाखकाे चेक र ७ लाख नगदसहित एक हुण्डी काराेबारी पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले हुण्डी काराेवारी एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्ने बाराकाे कलैया उपमहानगरपालिका वडा नं. २३ का ३८  बर्षिय जयराम राउत कुर्मी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मंगलबार वीरगंज महानगरपालिकाकाे वडा नं. ६ स्थित जय माँ अम्बे ट्रेडर्सबाट अवैध वित्तीय कारोबार (हुण्डी) मा संलग्न ट्रेडर्समा काम गर्ने कर्मचारी कुर्मीलाई पक्राउ गरेकाे हाे ।

प्रहरीका अनुसार पक्राउ परेका कुर्मीकाे साथबाट सुरुमा स्रोत खुल्न नसकेको नेपाली रु ७ लाख ७५ हजार ४ सय ७०, भारतीय रूपैँया ७ हजार ४ सय, बब्लू राज र रामप्रसाद पटेलको नाममा जारी भएका क्रमश: दुई लाख र पाँच लाख साठी हजार बराबरका चेकहरु बरामद भएकाे थियाे । 

पछि कुर्मीको वयानबाट खुल्न आए बमोजिम उनले काम गर्ने ट्रेडर्समा खानतलासी गर्दा विभिन्न बैंकका विभिन्न व्यक्ति तथा संस्थाका नाममा जारी भएका ३ करोड ५६ लाख ३१ हजार एक सय ४ बराबरका चेकहरू ९० थान बराबद भएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।

यसका साथै ट्रेडर्सबाट विभिन्न बैङ्कका खाली चेकबुक २१ थान र हस्ताक्षर भएका विभिन्न बैङ्कका खाली ४१ थान चेकबुक समेत फेला परेको उनले जानकारी दिए ।

पक्राउ परेका कुर्मीलाई बुधबार पर्सा जिल्ला अदालतबाट बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बिरूद्धको कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...