Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

सखुवा प्रसाैनीमा नि:शुल्क आँखा शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. १ सथवलमा शनिबार नि:शुल्क आँखा शिविर सम्पन्न भएकाे छ ।

सखुवा प्रसाैनी गाउँपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा श्री नेरा मावि सथवलमा भएकाे शिविरमा २ सय जनाले आँखा परिक्षण गराएकाे गाउँपालिका स्वास्थ्य संयाेजक राजेश राैनियारले जानकारी दिए । जस मध्ये ५० जनामा माेतिया बिन्दु फेला परेकाे संयाेजक राैनियारले वताए ।

केडिया आँखा अस्पताल परवानीपुरकाे प्राविधिक सहयाेगमा भएकाे शिविरकाे उद्घाटन गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले गरेका थिए ।

शिविरमा माेतियाबिन्दु फेला परेकाे सम्पूर्णकाे नि:शुल्क सल्यक्रिया समेत गरिने प्रमुख प्रशासकिय अधिकृत संदेश कुमार यादवले वताए ।

नि:शुल्क अल्ट्रासाउन्ड

सखुवा प्रसाैनी गाउँपालिमा नि:शुल्क अल्ट्रासाउन्ड शिविर पनि सम्पन्न भएकाे छ । शिविरमा ३१ जना गर्भावती महिलाहरुकाे नि:शुल्क अल्ट्रासाउन्ड गरिएकाे गाउँपालिका स्वास्थ्य संयाेजक राैनियारले जानकारी दिए ।

गाउँपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा स्वास्थ्य चाैकी सखुवा प्रसाैनीमा भएकाे शिविरमा १८ जना र स्वास्थ्य चाैकी मधुवल मथवलमा भएकाे शिविरमा १३ जना गर्भावती महिलाहरुकाे अल्ट्रासाउन्ड गरिएकाे उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...