Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026

सखुवा प्रसाैनीमा नि:शुल्क आँखा शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. १ सथवलमा शनिबार नि:शुल्क आँखा शिविर सम्पन्न भएकाे छ ।

सखुवा प्रसाैनी गाउँपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा श्री नेरा मावि सथवलमा भएकाे शिविरमा २ सय जनाले आँखा परिक्षण गराएकाे गाउँपालिका स्वास्थ्य संयाेजक राजेश राैनियारले जानकारी दिए । जस मध्ये ५० जनामा माेतिया बिन्दु फेला परेकाे संयाेजक राैनियारले वताए ।

केडिया आँखा अस्पताल परवानीपुरकाे प्राविधिक सहयाेगमा भएकाे शिविरकाे उद्घाटन गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले गरेका थिए ।

शिविरमा माेतियाबिन्दु फेला परेकाे सम्पूर्णकाे नि:शुल्क सल्यक्रिया समेत गरिने प्रमुख प्रशासकिय अधिकृत संदेश कुमार यादवले वताए ।

नि:शुल्क अल्ट्रासाउन्ड

सखुवा प्रसाैनी गाउँपालिमा नि:शुल्क अल्ट्रासाउन्ड शिविर पनि सम्पन्न भएकाे छ । शिविरमा ३१ जना गर्भावती महिलाहरुकाे नि:शुल्क अल्ट्रासाउन्ड गरिएकाे गाउँपालिका स्वास्थ्य संयाेजक राैनियारले जानकारी दिए ।

गाउँपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा स्वास्थ्य चाैकी सखुवा प्रसाैनीमा भएकाे शिविरमा १८ जना र स्वास्थ्य चाैकी मधुवल मथवलमा भएकाे शिविरमा १३ जना गर्भावती महिलाहरुकाे अल्ट्रासाउन्ड गरिएकाे उनले जानकारी गराए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अत्यधिक वर्षाको जोखिम बढ्दै : पर्सा प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

वीरगंज । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार अत्यधिक भारी वर्षा भई नदी–नालामा पानीको बहाव बढ्ने तथा होचा भू–भाग डुबानमा पर्ने उच्च जोखिम देखिएपछि...

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...