Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

समाजवादी दलित मुक्ति महासंघ पर्सा गठन

spot_img
spot_img

वीरगञ्ज । जनता समाजवादी पार्टीको भातृ संगठन समाजवादी दलित मुक्ति महासंघ जिल्ला कार्य समिति पर्सा शुक्रबार गठन गरिएको छ ।

जसपा पर्साका अध्यक्ष रामनरेश यादबको सभापतित्वमा सम्पन्न दलित अगुवाहरुको भेलाले नरेन्द्र हजाराकाे अध्यक्षतामा ३१ सदस्यीय समाजवादी दलित मुक्ति महासंघ पर्सा गठन गरेकाे जसपा पर्साका जिल्ला सचिव तबरेज अहमदले जानकारी दिए ।

नव गठित महासंघ पर्साकाे उपाध्यक्षमा जगत राम, जयप्रकाश राम, सचिबमा नागमणि, सहसचिबमा गणेश राम, अवधेश बैठा लगायत रहेका छन् । भेलाले समितिको बरिष्ठ सल्लाहकारमा राजदेव पासवानलाई चयन गरेकाे छ ।

भेलाले आगामी चैत्र ६ र ७ गते आवासिय प्रशिक्षणको आयोजना गर्न समेत निर्णय गरेकाे जिल्ला सचिव अहमदले वताए ।

जिल्लाभित्रका पार्टी संगठनका सक्रिय दलितहरुको क्षमता अभिबृद्धी र नेतृत्व विकासका निमित्त प्रत्येक स्थानीय तहबाट ५ जना पुरुष र २ जना महिला गरी ७ जनाको दरले ९८ जनालाई परवानीपुरस्थित कृषि केन्द्रमा आवासिय प्रशिक्षणको आयोजना गरिने सचिव अहमदले जानकारी दिए ।

भेलालाई सम्बोधन गर्दै जसपाका केन्द्रिय सदस्य एवम् प्रदेश सभा सदस्य प्रह्लाद गिरीले जात व्यवस्थाको अन्त्य गरी समानता र समावेशिताको बाटोलाई अंगाल्नुपर्नेमा जोड दिएका थिए । दलित समुदायलाई समाजका हरेक क्षेत्रमा पहुँच र समावेश बनाउने अभिप्रायले संगठन विस्तार गरिएको उनले वताए ।

कार्यक्रममा जसपा पर्साका इन्चार्ज एवम् प्रदेश सभा सदस्य सिहासन सा कलवारले दलित समुदायलाई समृद्ध नबनाउँदा सम्म देश समृद्धि हुन नसक्ने धारणा राखेका थिए ।

सो अवसरमा जसपा प्रदेश २ का उपाध्यक्ष रामप्रित पासवानले दलित शब्दको उत्पति, जात व्यवस्थाको इतिहासदेखी वर्तमानसम्मको अवस्थाबारे प्रकाश पारेका थिए ।

भेलामा जसपाकी प्रदेश सदस्य ललिता दासले दलित समुदाय जाग्नु पर्ने बेला आएको र दमन तथा शोषण सहेर बस्ने बेला नभएको भन्दै गीत प्रस्तुत गरेकी थिइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...