Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

१४ बर्षपछि मानव बेचबिखन मुद्दाका फरार अभियुक्त दास पक्राउ

spot_img
spot_img

वीरगंज । मानव बेचबिखन मुद्दाका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेकाे छ । बाराकाे करैयामाई गाउँपालिका वडा नं. ८ नरहीका ४६ बर्षिय जगदिश दासलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

२०६३ मंसिर २१ गते साँझ ७ बजे जिल्ला बाराकाे साविक गा.वि.स.करैया वडा नं.८ स्थित करैया पुलमा काठमाण्डौंबाट आएको बा २ ख ६४१ नम्बरको दिवा यात्रुबाहक बसलाई पक्राउ परेका दास समेतका व्यक्तिहरुले बसलाई अवरोध गरी रोकी बसभित्र प्रवेश गरी साथमा लिई राखेको हातहतियार (कटुवा बन्दुक) देखाई बसका धनी जिल्ला खोटाङ्ग गा.वि.स.दिक्तेल वडा नं.२ घर भई जिल्ला भक्तपुर मध्युपुर ठिमि नगरपालिका वडा नं.१५ मा बस्ने तारा कुमार खत्रीलाई समाती निजको साथमा रहेको नगद, मोबाइल र घडी समेत खोसी लिई अपरहण गरेका थिए ।

फिरौती रकम नपाए भारतमा लगी बेच्ने योजना अनुरुप आँखामा पट्टी बाँधी अपहरण गरी लगी पक्राउ परेका दासको घरमा बन्धक बनाई राखेको अवस्थामा निज पीडित उक्त स्थानबाट अपहरणकारीको आँखा छली भाग्न सफल भएको तथा प्रहरीले उद्दार गरी जिल्ला प्रहरी कार्यालयमा बारामा ल्याई जाहेरी बमोजिम मुद्दा दर्ता भएको थियाे ।

साेही मुद्दाका १४ बर्षदेखी फरार अभियुक्त दासलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक गाैतम मिश्राले जानकारी दिए ।

प्रकाउ गरिएकाे दासलाई मानव बेचबिखन तथा ओसार(नियन्त्रण) एेन, २०६४ अन्तर्गत सम्मानित बारा जिल्ला अदालतमा म्याद अनुमति लिई अनुसन्धान भइरहेकाे उनले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...