Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

बालबालिकाकाे सवालमा अति संवेदनशिल हुन जरुरी छ : मेयर सरावगी

spot_img
spot_img

वीरगंज । बिपत बाल अधिकारको सुनिश्चिता हाम्राे र सबैको साझा प्रतिबद्धता भने मुल नाराका साथ शुक्रबार वीरगंजमा बाल अधिकारको संरक्षण प्रबर्द्धन तथा बालबालिका सम्बन्धी ऐनको कार्यन्वयनमा स्थानिय तहको भुमिका सम्बन्धी जिल्ला स्तरिय छलफल कार्यक्रम सम्पन भएको छ ।

जिल्ला समन्वय समिती पर्साको आयोजना र राष्ट्रिय बालअधिकार परिषद श्रीमहल ललितपुरको सहजिकरणमा वीरगंजस्थित पुजन होटलमा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे । 

कार्यक्रममा बालअधिकार सम्बन्धमा नेपालको कानुनमा भएको मुख्य प्रावधानहरुको बारेमा राष्ट्रिय बालअधिकार परिषदकी नमुना भुसालले प्रस्तुती गरेकी थिइन । भुसालले प्रस्तुती गर्दै नेपाल सरकारले २०७२ को धारा ३९ मा बालबालिकाको मौलिक अधिकारको बारेमा बोलेकोले स्थानिय तहले पनि कार्यबिधी बनाउनु पर्नेमा जोड दिएकी थिइन ।

कार्यक्रमका प्रमुख अतिथी वीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगीले बालअधिकारको सवालमा हामी सबै जनप्रतिनिधी तथा कर्मचारीहरु अग्रगतीमा काम गर्न जरुरी रहेको बताए । उनले भने “कामको दौरानमा कोई कम बेस होला तर बालअधिकारको सवालमा सबैले कानुन होस वा शिक्षा, स्वास्थ्य, बालविवाह, श्रम शोषणको बारेमा अति संबेदनशिल भई अगाडी बढनु पर्छ ।”

जिल्ला समन्वय समिती पर्साका सभापति नेक महम्मद अंसारीको अध्यक्षता भएकाे कार्यक्रममा १४ वटा पालिकाले ऐन कार्यन्वयन गर्न प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्की, जिल्ला समन्वय समिती पर्साका उपप्रमुख ठाकुर प्रसाद न्यौपाने, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, ठोरी गाउँपालिकाका प्रमुख पिएल श्रेष्ठ, जिराभवानी गाउँपालिकाका प्रमुख रामप्रीत चौधरी, पटेर्वा सुगौली गाउँपालिकाकी उपप्रमुख ममता चौधरी, छिपहरमाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवनाथ साह, बिन्दवासिनी गाउँपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत मुन्ना रौनियार लगायतकाले मन्तब्य राखेका थिए भने जिल्ला समन्वय समिती पर्साका समन्वय अधिकारी छवीरमण भटराईले स्वागत मन्तब्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

काठमाडौँ ।  एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्गत आज भएको खेलमा नेपालले बहराइनलाई पराजित गर्दै प्रतियोगितामा सुःखद सुरुआत गरेको छ । मलेसियाको बांगीमा भएको खेलमा...