Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

सांसद साहद्वारा एक गरिब परिवारलाई सहयाेग

spot_img
spot_img

पर्सागढी । वीरगंज माहानगरपालिकाकाे वडा नं. २९ मुसैली टोलका एक गरिब परिवारलाई बिहिबार प्रदेश सांसद राजेशवर साहले सहयाेग गरेका छन् ।

आगाे लागेर गम्भिर घाइते भएकी स्थानिय राजेश महतोकी श्रीमती रिङकु देबीकाे उपचारकाे क्रममा फागुन ९ गते मृत्यु भएकाे थियाे । 

उनकै मृत्युकाे १२ ‌औं दिनकाे पुण्य तिथीमा सांसद साहले काम क्रियाकाे लागि खाद्या सामग्री सहयाेग गरेका हुन् । सांसद साहले आफै राजेश महतोकाे घर मै पुगी दुई बोरा चामल, दुई बोरा चिउरा, एक बोरा दाल, चिनी एक बोरा, नुन, तेल एक काटून लगायतकाे सामग्री सहयोग गरेका थिए ।

साे समयमा नेपाली कांग्रेसका नेता मदन यादब, सरजु महतो, मदन ठाकुर लगायतकाे उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...