Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष चौधरीलाई पितृ शोक

spot_img
spot_img

वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीलाई पितृ शोक परेको छ । 

गाउँपालिका अध्यक्ष चौधरीको बुवा हेमनाराण चौधरीको ७८ बर्षको उमेरमा बुधबार बिहान निधन भएकाे हाे ।

चौधरी बिगत लामो समयदेखि अस्थामा एवम् मुटु रोगबाट पिडित रहेका थिए । पटेर्वा सुगौलीस्थित निजि निवासमै रहेका चौधरीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि केहि दिन अघि उपचारको लागि वीरगञ्जस्थित वयोधा अस्पतालमा भर्ना गरिएकाे थियो ।

चौधरी समाजसेवी एवम् थारु कल्याणकारी समिति पर्साको अध्यक्ष समेत रहेका थिए । बिगतमा उनी लामो समय राजनितिकमा समेत सक्रिय रहेका थिए । 

थारु अन्दोलन तथा संगठन बिस्तारमा उनले ठूलो योगदान पुर्‍याएका थिए । प्रतिष्ठित समाजसेवी तथा थारु समुदायको अभिभावकको मृत्युले थारु समुदायलाई ठूलो क्षती भएको पर्साका थारु कल्याणकारी समितिका नेताहरुले वताएका छन् ।

चाैधरीकाे बुधबार नै भलुवाही खोलामा हिन्दु धर्म अनुसार अन्त्यष्टि समेत गरिएको थियो ।

अन्त्येष्टिमा नेपाली कांग्रेसका नेता एवम् पुर्व मन्त्री सुरेन्द्र चौधरी, प्रदेश सभा सदस्य शंकर प्रसाद चौधरी, नेकपाका नेता एवम् संबिधान सभा सदस्य राजकुमार गुप्ता, जयप्रकास थारु, नेपाली काँग्रेसका पर्सा सभापति अजय द्विवेदी, पुर्व सांसद राजेन्द्र बहादुर अमात्य, जिल्ला बिकास समिति पर्साका पुर्व सभापति जनार्धन सिंह क्षेत्री, जिराभवानी गाउँपालिका अध्यक्ष रामपृत महतो लगायतको सहभागीता रहेको थियोे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...