Date
बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

आ.व. २०७८/०७९ काे राजस्व नीति सम्बन्धि अन्तरक्रिया सम्पन्न

spot_img
spot_img

वीरगंज । आगामी आ.व. २०७८/०७९ काे राजस्व नीति सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रम बुधबार वीरगंजमा सम्पन्न भएकाे छ ।

नेपाल राजस्व परामर्श समितिले आयाेजना  गरेकाे कार्यक्रममा वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले कोभिडबाट प्रभावित अर्थतन्त्रलाई उकास्ने गरी बजेट ल्याउनुपर्ने आवश्यकता औंल्याए ।

उद्योग व्यावसाय फस्टाउदै जान थालेपछि राज्यले अनेक किसिमका करहरु लिने गरेको बताउदै उनले उद्योगी व्यवसायीहरुलाई अनेक किसिमका करले उद्योग व्यापारमा समस्या हुने गरेको बताए । खुला सीमाका कारणले वस्तुको मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा नेपाली उद्योगी व्यावसायीहरु सधैं मर्कामा पर्ने गरेको र यस विषयमा राजस्व परामर्श समिति गठन गरेदेखि नै निरन्तर आवाजहरु उठाउदै आएको भएपनि अझैसम्म एउटै विषय बारम्बार उठाईरहनुपर्नेबाध्याता कायम रहेको मेयर सरावगीले बताए ।

उद्योगी व्यवसायीहरुलाई उद्योगको संरक्षण र व्यावसाय कर मैत्री वातावरणको प्रत्याभूती नभएसम्म अर्थतन्त्रको विकास हुन नसक्ने नगर प्रमुख सरावगीको भनाई छ । राज्यका निकायहरुले निर्माण गर्ने नीतिहरु एकअर्कामा विरोधाभाष देखिएको र राजस्व परामर्श समितिले अन्तरसरकारी समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको बताए ।

राज्यको नियन्त्रणमुखी व्यापारले गर्दा नै अवैध व्यापार बढेको जिकीर गरे । स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने घरबहाल कर पनि आन्तरिक राजस्व कार्यालयले लिईरहेको भन्दै त्यो कर स्थानीय तहले फिर्ता पाउने कि नपाउने भन्ने विषय पनि अन्योल रहेको बताए ।

वीरगंज उद्याेग वाणिज्य संघका अध्यक्ष गाेपाल केडियाले खुद्रा अर्थतन्त्रलाई चलायमान गराउन, ग्रामिण क्षेत्रमा छाेटाे अवधिकाे याेजना सृजना गरी वेतन दिने, सरकारले सरकारी कर्मचारीलाई घर निर्माण वा अन्य स्थायी प्रकृतिकाे सुख सुविधा निर्माण गर्न सामान्य ब्याज दरमा ऋण दिन विशेष कार्यक्रम ल्याउन, सरकारी वा निजी क्षेत्रका निर्माणधिन याेजनाहरु माथि ध्यान केन्द्रित गरि अविलम्ब चलायमान गराउन, उद्याेगहरुले पनि आफ्ना कामादार एवम् कर्मचारीहरुलाई स्थायी प्रकृतिकाे खर्च गर्न बैंकबाट विशेष ऋण सुविधाकाे व्यवस्था गर्नु पर्ने, खुद्रा स्तरका व्यापारीहरुलाई हाल तरलताकाे अभाव रहेकाे हुनाले त्यस स्तरमा कर्जा प्रवाह गर्न बैंकहरुलाई निर्देशन दिने, व्यक्तिले पाउने आयकर छुटकाे सिमा बढाउन लगायतका उपाय तथा सुझावहरु प्रस्तुत गरेका थिए ।

यसका साथै उनले स्वदेशी उत्पादनलाई प्रतिस्पर्धात्मक बनाउन, स्वदेशी उत्पादनलाई संरक्षण प्रदान गर्न अवलम्बन गर्न सकिने सुझावहरु, विदेशी लगानीकाे लागि अनुकूल वातावरण सृजना गराउन र निर्यात व्यापार अभिवृद्धि गराउने अवलम्बन गरिने उपायहरुकाे बारेमा पनि जानकारी गराएका थिए ।

कार्यक्रममा वाेल्दै वीरगंजका बरिष्ठ उद्याेगी अशाेक बैधले अर्थ मन्त्रालयले उद्याेगिहरुलाई आफ्नाे पार्टनकाे रुपमा बुझिदिनु पर्ने वताए । उनले उद्याेगीहरु घाटामा गए अर्थ मन्त्रालयलाई नाेक्सान हुने भएकाेले त्यस तर्फ ध्यान दिनु पर्ने सुझाए । यसका साथै अर्थ मन्त्रालयले गरेकाे प्रतिवद्धता समेत पुरा गर्नु पर्ने वताए ।

राजस्व परामर्श समितिका अध्यक्ष महेश प्रसाद दाहालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा राजस्व परामर्श समितिका सदस्य निर्मल हरि अधिकारी, प्रदेश सचिव काशिराज दाहाल, आन्तरिक राजस्व विभागका महानिर्देशक झक्क प्रसाद आचार्य, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, प्रमुख भन्सार प्रशासक महेश आचार्य, राजस्व परामर्श समितिका सदस्य सचिव भुमिराम शर्मा, प्रहरी उपरिक्षक बेल बहादुर पाण्डे, उधाेग वाणिज्य महासंघका कर तथा राजस्व उप समितिकाे उप सभापति कृष्ण दहाल, उद्याेग वाणिज्य संघका प्रदेश नं. २ का अध्यक्ष गणेश लाठ, आन्तरिक राजस्व विभागका निर्देशक टेकनारायण आचार्य, आन्तरिक राजश्व कार्यालय सिमराका कर अधिकृत नारायण प्रसाद भण्डारी, उद्याेग वाणिज्य संघका केन्द्रिय सदस्य एवम् वीरगंज उद्याेग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुबाेध गुप्ता लगायतकाले आ आफ्नाे विचारसहितकाे मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...

वीरगंज १२ काे कांग्रेस सभापतिमा जवाहरलाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ ।...

स्वास्थ्य बीमाको सीमित कोटाले नारायणी अस्पतालमा बिरामीको सास्ती

वीरगन्ज । स्वास्थ्य बीमामार्फत उपचारका लागि नारायणी अस्पताल आउने बिरामीले सीमित ओपीडी कोटा, जनशक्ति अभाव र कमजोर पूर्वाधारका कारण सास्ती व्यहोर्नुपरेको छ। दैनिक तोकिएको...