Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साकाे अध्यक्षमा पंडित विजयी

spot_img
spot_img

वीरगंज । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पर्साकाे अध्यक्षमा राजेश पंडित विजयी भएका छन् । शनिबार राति भएकाे निर्वाचनमा हरेराम प्रसादलाई ३ मतले हराउदै पंडित ६२ मत ल्याएर विजयी भएका हुन् । 

संघकाे वरिष्ठ उपाध्यक्षमा ६६ मत ल्याएर असगर अलि अंसारी, उपाध्यक्षमा ६८ मत ल्याएर राकेश यादव, महासचिवमा ७१ मत ल्याएर जिष्णु बराल, सचिवमा ७० मत ल्याएर प्रभाकर गुप्ता, काेषाध्यक्षमा ७० मत ल्याएर नगनारायण सिंह विजयी भएकाे निर्वाचन अधिकृत रामनारायण कुर्मीले वताए । 

संघकाे सदस्यमा ८४ मत ल्याएर भागवती शर्मा, ६५ मत ल्याएर गिरी राज कडेल, ६९ मत ल्याएर अरुण कुमार शर्मा, ६१ मत ल्याएर कुन्दन प्रसाद र ६० मत ल्याएर विजय कुमार गुप्ता विजयी भएकाे निर्वाचन अधिकृत कुर्मीले जानकारी दिए ।

त्यसैगरी, संघकाे लेखा सुपरिक्षण समितिकाे संयाेजकमा राजेन्द्र प्रसाद जयसवाल, सदस्यमा हृदयनारायण साह र मनाेज गुप्ता विजयी भएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...