Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

वीरन्जमा एम्मस हस्पीटलको शाखा स्थापना गर्न सांसद यादवकाे आग्रह

spot_img
spot_img

वीरगन्ज । पर्सा निर्वाचन क्षेत्र नं. १ का सांसद प्रदीप यादवले वीरगन्जमा ‘अल इण्डिया इन्टिच्युट अफ मेडिकल साइन्स’ (एआइएमएस) अस्पतालको शाखा स्थापना गर्न भारत सरकारसँग आग्रह गरेका छन् । 

भारतको दिल्लीमा शनिबार भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याणमन्त्री डा हर्षबर्धनलाइ भेटेर ज्ञापन पत्र बुझाउदै सांसद यादवले, आधुनिक उपचारका लागि विश्वमै चिनिएको एम्स अस्पतालको शाखा वीरगन्जमा पनि स्थापना गर्न आग्रह गरेका हुन् । 

दिल्लीस्थित भारतीय स्वास्थ्य मन्त्रालयमा शनिवार त्यहाका स्वास्थ्यमन्त्री डा हर्षबर्धनसँग भएको भेटवार्तामा सांसद यादवले यस्तो आग्रह गरेका हुन् । 

वीरगन्जमा एम्स अस्पताल स्थापना भए नेपालको तराई मधेस र भारतीय सीमावर्ती क्षेत्रका जनताले  अत्याधुनिक उपचार र स्वास्थ्य सेवा पाउने भन्दै यादवले यसका लागि प्रदेश २ सरकारले पनि सहकार्य गर्ने बताए । 

जनता समाजवादी पार्टी (जसपा ) का केन्द्रीय सदस्यसमेत रहेका सांसद यादवले अहिलेको संकटपूर्ण अवस्थामा भारतीय सरकारले १० लाख डोज, कोरानोको खोप सहायता स्वरुप प्रदान गरकोमा धन्यवाद पनि दिए ।

भेटवार्तामा सांसद यादवसँगै रहेका भारतको मुजप्फरपुर लोकसभाका सांसद अजय निषादले पनि वीरगन्जमा एम्स हस्पिटलको शाखा स्थापना गर्दा नेपाल र भारतका लाखाैं सिमावर्ती जनता उपचारका लागि दिल्ली धाउनु पर्ने बाध्यता समाप्त हुने बताए । 

भारतीय सतारुढ दल बिजेपीका बिहार प्रान्त उपाध्यक्ष समेत रहेका सांसद निषादले पनि वीरगन्जमा एम्स अस्पतालको शाखा स्थापनाका लागि विशेष पहल गरिदिन भारतीय स्वास्थ्यमन्त्री हर्षबर्धनलाई आग्रह गरे ।

जवाफमा भारतीय स्वास्थ्यमन्त्री हर्षबर्धनले नेपाली जनताको लागी भारत सरकार र आफूबाट हुन सक्ने सक्दो सहयोग प्रदान गर्ने आश्वासन दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...