Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

बाल विवाह गर्ने र गराउनेलाई प्रहरीले कारवाही गर्न थाल्याे, दुई जना पक्राउ

spot_img
spot_img

वीरगञ्ज । पर्सा प्रहरीले बालविवाह गर्ने गराउने कार्यमा संलग्न भएको आरोपमा दुईजनालाई वीरगंजबाट पक्राउ गरेको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवा बस्ने ४६ वर्षीय बुवा र उनका १९ वर्षीय छोरालाई पक्राउ गरेकाे हाे । माघ १९ गते १९ वर्षी युवकको विवाह वीरगञ्ज-१६ लक्ष्मीनारायण टोल बस्ने १७ वर्षीया युवतीसँग भएको थियो ।

उनीहरुविरुद्ध बालविवाह मुद्दामा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धानअघि बढाइएको प्रहरीले जनाएको छ ।

बाल विवाह गरेको सूचना आएपछि प्रहरीले बेहुला र बेहुलाको बुवालाई फागुन १४ गते पक्राउ गरेर बाल विवाह सम्बन्धी कसूरमा मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

बाल विवाह गरेको उजुरी दिने हद म्याद तीन महिनाको हुन्छ, १७ वर्षको केटीसँग बाल विवाह गरेको जानकारी आएपछि उनीहरुलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाइएकाे उनले वताए ।

बालविवाहको घटना हुन लागेको वा भएको थाहा भएमा तत्कालै नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय पर्सामा सूचना उपलब्ध गराउन पनि प्रहरीले अनुरोध गरेको छ ।

मुलुकी अपराध संहिता २०७४ मा विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नपाउने उल्लेख छ । त्यसरी गरिएको विवाह स्वतः बदर हुन्छ ।

यो कसुर प्रमाणित भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिमाना हुन्छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...