Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

ठगी आराेपमा वीरगंजका एक सहित दुई जना पक्राउ

spot_img
spot_img
वीरगन्ज । पर्सा प्रहरीलेे बिभिन्न मिति र समयमा आईएमओ तथा वास्टएपमार्फत लौट्री परेको तथा बिभिन्न किसिमका प्रलोभन देखाइ ठगी गर्ने दुई जनालाई पक्राउ गरेकाे छ । 
 
प्रहरीले भारत विहार जिल्ला पूर्वी चम्पारण थाना रक्साैल वडा नं. २ निवासी बर्ष ४३ काे राकेश कुमार र वीरगंज महानगरपालिका वडा नं. २० निवासी बर्ष ३२ का रामपुकार प्रसाद यादवलाई पक्राउ गरेकाे हाे ।
 
प्रहरीकाे अनुसन्धानबाट श्रीनिवास साह तेलीको सिभिल बैंक लिमिटेडको खाता नं. ०६८१०३३०९५५०१९ बाट रु.४९ हजार पाच सय रामपुकार प्रसाद यादवको ज्योति विकास बैंकको खाता नं. ०१२०१२०००८३१०५०००००१ बाट रु. १९ हजार पाच सय राम पुकार प्रसाद यादवको प्राईम कमर्सियल बैंकको खाता नं. ०२९००२६९ पी.ई.बाट ५० हजार रु. र पुजा रिमालको ई सेवा आईडी बाट ३५ हजार रु.सुरेश कुमार कापरको ई सेवा आईडी बाट ३० हजार रु. गरी जम्मा रु.१ लाख ८४ हजार रु. श्याम खतिवडाको ई सेवा आईडी बाट  विभिन्न मिति र समयमा रकम जम्मा गर्न लगाई ठगी गरेको देखिएको छ ।
 
महानगरीय प्रहरी अपराध महाशाखा टेंकू, काठमाण्डौमा सुनिल सेन्चुरी भन्ने व्यक्तिले दिएको निवेदन बमोजिम जिल्ला प्रहरी कार्यालय पर्साबाट सुक्ष्म अनुसन्धान गर्दा उक्त ठगी कार्यमा सलंग्न रहेकाे दुबै जनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएको छ ।
 
पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी अपराध महाशाखा टेकू काठमाण्डौमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मनोजित कुवँरले जानकारी दिए । 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...