Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

हुण्डी कारोवार आराेपमा ७ लाखसहित दुई भारतिय पक्राउ

spot_img
spot_img
वीरगंज । हुण्डी काराेबारकाे आराेपमा पर्सा प्रहरीले दुई जना भारतिय नागरिकलाई पक्राउ गरेकाे छ ।
 
प्रहरीले वीरगंज महानगरपालिकाकाे वडा नं.१६ रजतजयन्ती चोकस्थितबाट चेक जाँच गर्ने क्रममा भारतकाे पुर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल वडा नं.२५ बस्ने बर्ष ४० को संजय कुमार गुप्ता र साेही ठाउँका बर्ष ३७ को बिनोद कुमारलाई पक्राउ गरेकाे हाे ।
 
भारतको रक्सौलबाट नेपालतर्फ बिआर ०५ ए‍डि ६८६९ नम्बरको पल्सर मोटरसाइकलमा आइरहेकाे दुबै जनालाई स्रोत खुल्न नसकेको नेपाली रु.७ लाख र माेटरसाइकलसहित बिहिबार ८:३० बजे पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । 
 
पक्राउ परेका दुबै जनालाई  वैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ विपरीतको कसूरमा शुक्रबार पर्सा जिल्ला अदालतको आदेशले ५  दिन म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...