Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

पर्साको सिमा क्षेत्रमा अस्वस्थकर मासु बेच्दै भारतीय व्यापारी

spot_img
spot_img

वीरगंज । स्वच्छ खानपिन मानववीय स्वास्थको लागि धेरै नै महत्वपूर्ण हुन्छ । कुनै पनि खाद्य बस्तु अस्वस्थ्य खादा मानवीय स्वास्थलाई हानि नपु¥याउने भने पक्कै पनि होईन् । सुखी र खुशहाल जिवनको एक मात्रै आधार हो स्वस्थ रहनु । तर उपभोक्ताको स्वास्थ्यलाई ख्याल नै नगरि पर्साको ग्रामिण भेगमा खुल्ला आकासमुनी नै नेपाली र भारतीय व्यापारीहरु अस्वस्थकर मासु बेच्दै आईरहेका छन् ।

पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. २ दसौतास्थित गण्डक नहरको छेउमा भूईमै मासु काटेर न्युनतम मापदण्ड समेत नअपनाई विक्रि वितरण गर्दा उपभोक्ताहरुले अस्वस्थकर मासु खानु परेको छ । भारतकोे ईनार्वा गाउँसंग जोडिएको दसौता चौकमा भारतीय व्यापारीहरुले भूईमै अस्वस्थ्यकर मासु बेचिरहेका छन् तर सम्बन्धीत कुनै पनि निकायले चासो देखाएका छैनन् । जबकी मासु बेच्ने ठाउँकै अगाडी सशस्त्र प्रहरी सुरक्षाका निम्ति खट्नुका साथै स्थानीय जनप्रतिनीधिको दिनहुँ आवत जावत गर्ने ठाउँ पनि हो त्यो । अर्थात भूई मै काटेर बिक्रि वितरण गरिरहेको मासु बेच्ने ठाउँ दसौता नै त्यहाँको मदिरा सेवन गर्ने र मासु खरिद बिक्रि गर्ने मुख्य बजार हो ।

दसौतास्थित बाँसमा काटेको खसीलाई झुण्डाईएको हुन्छ । खसीको मासुमा झिंगा भन्किरहेका हुन्छ । मासु काटेको ठाउँमा धुलो, माटो पनि उतिकै हन्छ तर ति व्यापारीहरुले उपभोगक्ताको स्वास्थ्य ख्यालै नगरि भूई मै बोरामाथि मासु काटेर बेचिरहेका हुन्छन् । जनताको शिक्षा, स्वास्थय लगायत स्थानीय स्तरमा हुने प्रायः जसो कामको व्यवस्थापन गर्ने अधिकार स्थानीय सरकारले पाए पनि जनप्रतिनीधिहरु बिहान बेलुका उठी घुम्ने ठाउँमा नै जनताको स्वास्थयसंग खेलवाड गर्ने मासु पसललेहरुलाई छुट दिई प्रहरी प्रशासन र स्थानीय सरकारले पनि उम्किन दिने गरेको छ ।

जबकी एउटा पालिकामा गाउँपालिका अध्यक्ष बाहेक वडामा जनताले चुनेको प्रतिनीधि वडाध्यक्ष लगायत वडा सदस्यसहित ५ जना प्रतिनिधीहरु रहेका छन् । तर पनि आफ्नै वडाबासीको स्वास्थ्यमा प्रभावित पार्ने गरी भारतीय र नेपली दुबै ठाउँका व्यापारीहरुले दसौतामा भूईमै फोहोर ठाउँ मासु काटेर बेच्दा झिंगा भन्केको र धुलो परेकै मासु खान स्थानीयहरुको बाध्यता रहेको छ । सरकारको नियमनकारी निकायको आँखा अगाडी भारतीयसंगसंगै नेपाली खसी व्यापारीहरु अस्वस्थकर मासु बिक्रि गरिरहदा पनि कानुन कार्यन्वयनको अभावमा सीमापारी भारतीय तथा नेपाली नागरिक भने अझै पनि अस्वस्थकर मासु खान बाध्य हुनु परेको छ ।

पर्साको ग्रामिण भेगमा अव्यवस्थित बजारीकरणले समेत खसी, बोका, कुखुरा, बंगुरहरु काट्ने गरेको देखिन्छ । तर स्थानीय सरकार र प्रहरी प्रशासनले देखेर पनि अटेर गरेर हिंडिदिने गरेको स्थानीयहरुले बताएका छन् । मानवीय स्वास्थ्य रक्षाको लागी पशु कार्यालय वीरगंज र स्थानीय सरकारले सरकारको बजेट खर्चि स्थानीय तहमा व्यापक जनचेतना फैलाउने काम गरे पनि सडकको छेउमै रहेको हाटबजार धुलो धुंवा अनी झिंगा भन्कीरहेको मासु उपभोक्तालाई विक्रि गरीरहँदा नियमनकारी निकाय भने मौन रहेको छ । उपभोक्ता अधिकारका कुरा गरेर नथाक्नेहरुको ध्यान पुग्न सकेको छैन ।

उपभोक्ताहरु पनि आफ्नो स्वास्थ्यको प्रवाह नगरी खुल्ला रुपमा विक्रि गरेको अस्वस्थकर मासु किनेर खाने गरेका छन् । अब आउँदो गर्मिको समयमा किटाणुहरुले छिटो आक्रमण गर्ने हुनाले मासु काट्ने ठाउँ सफा र स्वस्थ मासु नभएमा लिभरमा असर गर्ने र शरीरको सबै अंगमा असर पार्ने चिकित्सकहरु बताउँछन् । चिकित्सकका अनुसार अस्वस्थकर मासुको उपभोगले बान्ता हुने झाडा पखाला लाग्ने जस्तो समस्या देखिने र किड्नीनै खराब हुने सम्मको खतरा हुन्छ । मानविय स्वास्थ्यमा यति गम्भिर खेलवाड भइरहदा यसको नियन्त्रणका लागि कुनै पहल नहुनु र यस्ता खालका मासु पसलेलाई कारबाहिको दायरामा नल्याईनुले यस्ता गतिविधिहरुलाई थप प्रयास मिलेको उपभोक्ताहरुको भनाई छ ।

भारतमा प्रतिबन्धित मदिरा दसौतामा सहजै सेवन गर्दै भारतीय

भारतको बिहार सरकारले मदिरा, रक्सी जस्ता मादक पद्धार्थ सेवन रोक लगाएपछि सीमावर्ती क्षेत्रका भारतीयहरु नेपाली भूमि दसौतामा प्रवेश गरी मदिरा जस्ता विभिन्न मादकपद्धार्थ सेवन गरीरहेको स्थानीयले बताएका छन् ।

बिहारमा दारु, रक्सी जस्ता मादकपद्धार्थमा सरकारले रोक लगाएपछि सीमावर्ती क्षेत्रका प्रायः मानिस नेपालमै आएर मदिरा सेवन गर्ने भएकाले खसी र कुखुराको मासु पनि सो ठाउँमा अत्यधिक बिक्रि वितरण भईरहेको स्थानीयको भनाई छ ।

बिहारमा मदिरा बितरण कार्यमा रोक लगाईएकोले नेपालको सीमानाकामा भारतीयहरु सजिलै आएर मदिरा सेवन गर्न सक्ने तथा नेपाली जनता समेत मासु खरिद गर्ने गरेकोले भारत र नेपाल दुबै ठाउँका मासु खरिद गर्ने उपभोगक्ताको संख्या बढेसंगै मासु व्यापार राम्रो हुने गरेकोले व्यवस्थित बधशाला बिनै भूईमै मासु काटेर क्यौं वर्षदेखी बिक्रि वितरण हुँदै आएको स्थानीयले जनाएका छन् ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा निर्माणाधीन घरको पर्खाल भत्किँदा च्यापिएर महिला मजदुरको मृत्यु

वीरगंज । वीरगंजमा निर्माणाधीन घरको पर्खाल भत्किँदा च्यापिएर एक महिला मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका–४ की ३२ वर्षीया सीतादेवी...

वीरगंज २७ मा जेन–जी पर्साको कमिटी गठन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २७ मा जेन–जीकाे ४० सदस्यीय वडा स्तरीय कमिटी गठन गरिएको छ । बिहिबार सम्पन्न कार्यक्रममा विशाल कुमार पटेललाई सोही...

श्रीपुरमा अवैध देहव्यापार सञ्चालन गरेको आरोपमा ७ जना पक्राउ

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरस्थित कृषि औजार कारखाना पछाडिको झाझी टोलमा अवैध देहव्यापार (यौन धन्दा) सञ्चालन भइरहेको आरोपमा प्रहरीले ७ जनालाई...