Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

अलाैंमा पाेखरी साैन्दर्यकरण र छठघाटकाे शिलान्यास

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १७ अलाैंमा श्री बुढीमाई मन्दिरस्थित रहेकाे पाेखरी साैन्दर्यकरण र छठघाट निर्माण कार्यकाे बिहिबार नगर प्रमुख विजय कुमार सरावगीले शिलान्यास गरेका छन् ।  

नगर प्रमुखकाे आकास्मिक काेषबाट रु १३ लाखकाे लागतमा निर्माण हुने छठघाटकाे नगर प्रमुख सरावगीले शिलान्यास गरेका हुन् । त्यस्तै, नगरपालिकाकाे हरियाली याेजना अन्तर्गत मन्दिर र पाेखरीकाे बाउन्डरीवाल निर्माण गरिने जनाइएकाे छ ।

साे अवसरमा नगर प्रमुख सरावगीले सार्वजनिक जग्गा अतिक्रमण खाली गराउनुकाे साथै धार्मिक तथा सार्वजनिक सम्पति संरक्षणमा महानगर लागेकाे वताए । 

शिलान्यास कार्यक्रममा जसपा पर्साका अध्यक्ष रामनरेश यादव, जिल्ला सचिव तबरेज अहमद, जिल्ला सदस्य बिरेन्द्र यादव, समाजवादी युवा संघका प्रदेश सदस्य अजय साह, स्थानिय नेता जादाेलाल साह लगायतकाे उपस्थिती रहेकाे थियाे ।

तत्कालीन गाबिस अध्यक्ष सुमेश्वरनाथ उपाध्यायले शिलान्यासकाे पुजापाठ गराएका थिए ।

युवा क्लबकाे सक्रियतामा मन्दिरकाे संरक्षण

स्थानियहरुका अनुसार अलाैंका तत्कालिन गाबिस अध्यक्ष सुमेश्वरनाथ उपाध्यायले २०६० सालमा साे मन्दिर संरक्षणकाे जिम्मेवारी स्थानिय गैर सरकारी संस्था प्रगति युवा क्लबलाई दिएका थिए । पोखरीलाई स्रोतको रुपमा उपभोग गर्न क्ल्बलाई हस्तान्तरण भएदेखी नै पोखरी अतिक्रमण गरेकाहरुसंग आंशिक रूपमा अतिक्रमण मुक्त गराई विभिन्न ब्याक्तित्वको सहयोग र क्ल्बको आयोजनामा त्यहाँ छ्ठ पर्ब मनाउने कार्यकाे सुरुवात गरिएकाे थियाे ।

मन्दिरकाे जग्गा केही व्यक्तिहरुसंग अतिक्रमण मुक्तिको लागि सर्बोच्च अदालत सम्म क्लबले मुद्दा समेत लडेका थिए ।उक्त क्षेत्रमा बसोबास गर्नेहरुको जनबिश्वास पोखरी जिर्ण अवस्थामा भएपनि कुनै कमि आएन र प्रत्येक बर्ष धुमधामले पुजाको आयोजना हुदै आएकाे क्लबका सदस्य अजय साहले वताए ।  

मेयर सरावगीद्वा विद्यालयकाे अनुगमन तथा निरिक्षण

मेयर सरावगीलेे बिहिबार नै श्री द्वारदेवी मावि अलाैंकाे अवलाेकन तथा निरिक्षण गरेका छन् । महानगरपालिकाकाे नगर स्तरिय याेजना अन्तर्ग निर्माण भएकाे आधुनिक शाैचालय, ४ काेठे भवन र अन्य भाैतिक निर्माण कार्यकाे मेयर साबले स्थलगत निरिक्षण गर्नु भएकाे स्थानिय समेत रहेका अजय साहले वताए ।

साेही क्रममा विद्यालयका प्रधानाध्यापक राजु मालीले मेयर सरावगीलाई विद्यालयकाे समस्या सम्बन्धि ध्यानाकर्षण पत्र समेत बुझाएका थिए । प्रधानाध्यापक मालीले काेभिड समय विद्यालयमा भएकाे क्षति, चाैरमा माटाे पुर्ने, सिसि टिभी जडान र खाने पानीकाे समस्याकाेे सम्बन्धमा ध्यानाकर्षण गराएका थिए ।

साेही समयमा विद्यालयमा रहेकाे खाने पानीकाे समस्याकाे समाधान नगर प्रमुख सरावगी फाेन मार्फत गरेका थिए । चाैरमा माेटाे पुर्ने सम्बन्धमा महानगरकाे शिक्षा शाखामा सम्पर्क गर्न र काेभिडकाे क्षति सम्बन्धमा केन्द्र सरकारसंग माग गरिएकाे नगर प्रमुख सरावगीले भनेका थिए । 

साेही अवसरमा मेयर सरावगीले विद्यालय व्यवस्थापन समिति गठन गराउन पनि प्रधानाध्यापक मालीलाई निर्देशन दिएका थिए । उनले विद्यालयमा राजनीती नगर्न आग्रह गर्दै तत्काल विद्यालय व्यवस्थापन समिति गठन गर्न भनेका थिए । विद्यालय व्यवस्थापन गठन नभएकाे अब कुनै काम अथवा सेवा प्रवाह गर्न नसकिने समेत मेयर सरावगीले जानकारी गराएका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक प्रभाव पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कर्मचारी सञ्चय कोष...

सिमराकी तीन वर्षीया बालिका बलात्कारपछि हत्या प्रकरणका १० प्रतिवादी रिहा

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा आरोपित १० जना अदालतको आदेशपछि रिहा भएका छन्। बारा जिल्ला अदालतले प्रोग्रेश (पुरग्रेश) चौधरीलाई...

बालेन सरकार बनेदेखि मौलापुरमा तीन हाकिम फेरिए, सेवा प्रवाहदेखि विकास निर्माणसम्म प्रभावित

वीरगंज । रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र लेखापालविहीन बनेपछि नगरपालिकाको सेवा प्रवाहदेखि विकास निर्माणसम्मका काम प्रभावित भएका छन् । नगरपालिकाको बैंक खाता...