Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

नेपका प्रचण्ड-माधव समुहकाे वीरगंज र पाेखरियामा विजयी जुलुश

spot_img
spot_img

वीरगंज । नेकपा प्रचण्ड-माधव समुहले बुधबार वीरगंजमा विजयी जुलुश निकालेकाे छ । सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटनकाे निर्णय बदर गरेकाे खुशियालीमा नेकपा पर्साले विजयी जुलुश निकालेेकाे हाे ।

वीरगंजकाे घण्टाघर चाैकबाट निस्केकाे विजयी जुलुश माइस्थान, महाविस्थान, आदर्शनगर, घडिअर्वा हुदै पुन: घण्टाघरमा पुगी काेण सभामा परिणत भएकाे थियाे ।

काेण सभामा वाेल्ने वक्ताहरुले संसद पुन:स्थापनाले प्रतिगमन तथा निरंकुशतन्त्रकाे हार र जनताकाे जित भएकाे वताए । वक्ताहरुले नैतिकताकाे आधारमा प्रधानमन्त्री ओलीले राजिनामा दिनु पर्ने वताउदै नदिए संसदबाट हटाइने वताए ।

नेकपा पर्साका जिल्ला सचिव विजय महताेकाे अध्यक्षतामा भएकाे काेण सभामा केन्द्रिय सदस्य एवं पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साह, प्रतिनिधि सभा सदस्य पुष्पा कर्ण, प्रदेश कमिटी सदस्य एवम् पर्सा जिल्ला अध्यक्ष बालगाेपाल थापा, प्रदेश कमिटी सदस्य बाबुराम काैशिक, रामबाबु बैठा, नेता बिचारी यादव, जगरनाथुपुर गाउँपालिका अध्यक्ष जालिम मियाँ लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन जिल्ला सदस्य एवम् वीरगंज महानगर सचिव मनाेज चाैधरीलले गरेका थिए ।

विजय जुलुशमा प्रदेश कमिटी सदस्य किशाेरी कुशवाहा, राष्ट्रिय युवा संघका केेन्द्रिय सदस्य अरुण यादव, अनेरास्ववियूका केन्द्रिय सदस्य प्रभाकर गुप्ता, जुबेर आलम, शिवम साह लगायतकाे सहभागिता रहेकाे थियाे ।

पाेखरियामा पनि विजयी जुलुश र दीप प्रज्वलन

त्यसैगरी, पर्साकाे पाेखरियामा पनि प्रतिनिधि सभा विघटन बदरकाे खुशियालीमा विजयी जुलुश निकालिएकाे छ । नेकपा पाेखरिया नगर कमिटीकाे आयाेजनामा बनकटवाबाट निस्केकाे विजयी जुलुश पाेखरियास्थित बस स्टेनमा पुगी काेण सभामा परिणत भएकाे थियाे ।

नगर कमिटीका सचिव पानालाल पटेलकाे अध्यक्षतामा भएकाे काेण सभामा प्रदेश कमिटी सदस्य रामबाबु बैठा, जिल्ला सदस्य रामबचन महताे, नगर कमिटी सदस्य काैशल साह, पारस साह, धर्मेशवर गिरी लगायतकाले मन्तव्य राखेका थिए ।

काेण सभास्थल मै संसद पुन:स्थापनाकाे उपलक्ष्यमा दीप प्रज्वलन समेत गरिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...