Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

वीरगञ्जमा जसपाकाे विजयी जुलुश, प्रधानमन्त्री ओलीकाे राजिनामा माग

spot_img
spot_img

वीरगञ्ज । प्रतिनिधि सभा विघटनको निर्णय सर्वाेच्च अदालतले खारेज गरेपछि बुधबार जनता समाजवादी पार्टी (जसपा) पर्साले विजयी जुलुश निकालेको छ ।

वीरगंजकाे घण्टाघरबाट निस्केकाे विजयी जुलुश माइस्थान, आदर्शनगर, घडिअर्वा पोखरी हुँदै पुनः घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो ।

काेण सभालाई सम्बाेधन गर्दै प्रतिनिधि सभा सदस्य लक्ष्मण लाल कर्णले प्रधानमन्त्री केपी शर्मा ओलीसंग थाेरै पनि नैतिकता भए तुरुन्त राजिनामा दिन आग्रह गरे । उनले भने “ओली जी प्रधानमन्त्रीबाट राजिनामा नदिए, संसदमा अविश्वासकाे प्रस्ताव दर्ता छ, जुन दिन संसदकाे बैठक सुरु हुन्छ त्याे दिन ओली जीलाई प्रधानमन्त्रीबाट हटाउन्छ र उनी घर जान्छन् ।”

संसदिय सुनवाई समितिका सभापति समेत रहेका उनले संसद पुन:स्थापना भए पनि देशकाे अवस्था अझै पनि गम्भिर रहेकाे वताउदै अब बन्ने सरकार सहमतीकाे आधारमा बन्नु पर्ने धारणा राखे ।

अर्का प्रतिनिधि सभा सदस्य प्रदिप यादवले मुलुकलाई संकटबाट सर्वाेच्च अदालतले जाेगाएकाे वताए । उनले भने “मुलुक संकटमा फसेकाे थियाे, त्यसबाट सर्वाेच्च अदालतले जाेगाएकाे छ । याे जित नागरिककाे जित हाे, याे ३ कराेड नेपालीकाे जित हाे ।”

जसपा पर्साका अध्यक्ष रामनरेश यादबको सभापतित्वमा भएको कोण सभामा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य शिव पटेल, प्रदेश सभा सदस्य करिमा बेगम, नेता जगदिश पटेल लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन जिल्ला सचिव तबरेज अहमदले गरेका थिए ।

विजयी जुलुशमा प्रदेश सभा सदस्य जन्नत अन्सारी, मन्जुर अन्सारी, वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, जिल्ला समन्वय समिति पर्साका प्रमुख नेकमहमद अन्सारी, पार्टीकी केन्द्रिय सदस्य मुन्नी श्रीवास्तव, माेनिका सिंह, रम्भा मिश्रा, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवला, बिन्दवासिनि गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु, पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुन, युवा नेता ओमप्रकाश सराफ, समाजवादी युवाका केन्द्रिय सचिब सरोज यादब, प्रदेश सदस्य मनोज यादब, अजय साह, वीरगञ्ज महानगरपालिका न्यायिक समितिका सदस्य तुफैल अख्तर, समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सदस्य निघिल बर्णवाल, पर्सा अधयक्ष एजाजबाबु राकी, ठाकुराम इकाई अध्यक्ष हरेन्द्र साह लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...