Date
बुध, भदौ ३, २०८३
Wed, August 19, 2026

बाराकाे दशाैं जिल्ला समन्वय बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । बाराकाे स्थानिय तहहरुकाे १० औं जिल्ला समन्वय बैठक साेमबार पर्सा राष्ट्रिय निकुंज, आदाभार बारामा सम्पन्न भएकाे छ ।

परवानीपुर गाउँपालिकाकाे आयाेेजनामा भएकाे १० औं समन्वय बैठकले १० वटा निर्णय गर्दै सम्पन्न भएकाे  बाराका जिल्ला समन्वय अधिकारी सुनिल चाैरसियाले वताए ।

जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशाेर सिंहकाे अध्यक्षतामा बसेकाे बैठकले सम्बन्धित स्थानिय तहले घरबाटाे प्रमाणित गर्दा बाटाेकाे वास्तविक अवस्था खुलाएर मात्र गर्ने, साविक लिपनी विर्तामा कायम भएका तर भाैगाेलिक हिसाबले हाल परवानीपुर गाउँपालिका वडा नं. ४ का वडाहरु (वडा नं. ७, ८ र ९) परवानीपुुर गाउँपालिकामा कायम गराउन आवश्यक पहल गर्ने, परवानीपुर गाउँपालिका वडा नं. ५ र प्रसाैनी गाउँपालिका वडा नं. ३ बिच सिमा विवाद देखिएकाेले साेकाे निराकरणका लागि नक्सा यकिन गरी छलफल मार्फत समाधान गर्ने निर्णय भएकाे अधिकारी चाैरसियाले जानकारी दिए ।

यस्तै, बैठकले जिल्ला समन्वय समितिले आयाेजना गर्ने नेपाल सरकारद्वारा जारी गरिएकाे स्थानिय तह संस्थागत क्षमता स्वमूल्यांकन सम्बन्धि बैठकमा अनिवार्य सम्पूर्ण पालिकाहरु सहभागि हुने, आगामी बैठकदेखी जिल्ला स्तरका विषयगत कार्यालयका प्रमुखहरु तथा कानुन क्षेत्रमा दक्षता राख्ने वकिल तथा न्यायधिशलाई आमान्त्रण गर्ने, गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा बाराद्वारा गरिएकाे अपिल उपर मध्य नजर गरी निति नियमकाे अधिनमा रही कार्यन्वयनकाे लागि आवश्यक पहल गर्ने लगायतकाे निर्णय भएकाे उनले जानकारी गराए ।

जिल्ला समन्वय समिति बाराकाे संयाेजनमा बस्दै आएकाे अगामी जिल्ला समन्वय बैठक प्रत्येक महिनाकाे पहिलाे शनिबार ८ बजे गर्ने र अर्काे महिनाकाे बैठक चैत ७ गते शनिबारकाे दिन कलैया उपमहानगरपालिकामा बस्ने समेत बैठकले निर्णय गरेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...