Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

बारागढीमा नियम विपरीत शिक्षिकालाई प्रअको जिम्मेवारी दिइयो

spot_img
spot_img

कलैया । बाराको बारागढी–६ हेङ्गौलियास्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा नियम विपरीत शैक्षिक लाइसेन्सरहित त्यहाँ कार्यरत शिक्षिकालाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिइएको छ ।

गाउँपालिकाले यही फागुन २ गते त्यहाँ पीसीएफ कोटामा कार्यरत शिक्षिका निभा मिश्रालाई गैरकानूनी रुपमा निमित्त प्रअको जिम्मेवारी दिएको हो । गाउँपालिका अन्तर्गतका स्थायी शिक्षकलाई त्यहाँ पठाएर प्रअको जिम्मेवारी दिनुपर्नेमा गाउँपालिका शिक्षा शाखाकी प्रमुख जलमती चौधरीले गापा अध्यक्षको मिलोमतोमा कानून विपरीत शैक्षिक अध्यापनको लाइसेन्सको म्याद सकेको ८ वर्ष वितिसकेका शिक्षिकालाई निमित्त प्रअको जिम्मेवारी दिएकी हुन् ।

चौधरी गापामा कार्यभार सम्हालदेखि नै त्यहाँस्थित विद्यालयहरुको अवस्था भद्रगोल बन्दै गएको छ । चौधरीले आफ्नो मनोमानी रुपमा शिक्षक सरुवा गर्ने, नियुक्ति गर्ने कार्य गरेको कारण हेङ्गौलिया स्कुल मात्र नभई गाउँपालिका अन्तर्गतका अधिकांश स्कुलको अवस्था दयनीय बन्दै गएको हाे ।

व्यवस्थापन समिति विहीन रहेको उक्त स्कुलका तत्कालीन व्यवस्थापन समिति अध्यक्ष सरोज मिश्राले आफ्नो पारिवारिक स्कुल बनाएका छन् । बाराको निजगढस्थित सिंगौल स्कुलमा राहत कोटामा अध्यापन गराउँदै आएका मिश्रा बारागढी–६ हेङ्गौलिया निवासी हुन् ।

उक्त स्कुलमा मिश्राका परिवारका तीन महिला सदस्य काम गर्ने गरेका छन् । स्कुलमा नियुक्तिको विषयलाई लिएर विवाद उत्पन्न भएपछि अध्यक्ष पदलाई राजीनामा दिदै मिश्रा आफ्नो कार्यस्थल सिंगौल स्कुल फर्केका छन्, भने हेङ्गौलियास्थितको स्कुल व्यवस्थापन समिति विहीन बनेको छ ।

अभिभावक विहीन रहेको अवस्थालाई मौका छोप्दै उनका भाउजु निभा मिश्राले उक्त विद्यालयलाई आफ्नो कब्जामा लिने प्रयासमा छिन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोपमा विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...

एलएस हस्पिटलमा रक्तदान, १३ महिलासहित ४८ जनाले दिए रगत

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेज परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरामीको उपचारका क्रममा हुने रगत अभाव...

ब्रह्मकुमारीद्वारा डुम्बरवानामा बृहत् निःशुल्क आयुर्वेदिक तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

बारा । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, डुम्बरवानाको आयोजनामा शनिबार बृहत् निःशुल्क आयुर्वेदिक स्वास्थ्य तथा दन्त क्लिनिक शिविर सम्पन्न भएको छ । ब्रह्मकुमारी ममता दिदीको अध्यक्षतामा...