Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

लामखुट्टे नियन्त्रणकाे लागि वीरगंज महानगरलाई नेवि संघकाे ज्ञापन

spot_img
spot_img

वीरगंज । नेवि संघ पर्साले वीरगंजमा बढेकाे लामखुट्टे नियन्त्रण गर्न वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीलाई ज्ञापन पत्र बुझाएकाे छ ।

नेवि संघ पर्साका अध्यक्ष विश्वास द्विवेदीकाे नेतृत्वमा वीरगंज महागरपालिका पुगेका नेवि संघका नेताहरु मेयर सरावगीलाई भेटी ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्र मार्फत वीरगंज महानगरपालिकामा लामखुट्टे आतंकले जनजीवन अक्रान्त भएकाे प्रति नेवि संघकाे गम्भिर ध्यानाकर्षण भएकाे भन्दै लामखुट्टेका कारण डेङ्गु, मलेरिया जस्ता महामारी फैलिने खतराले विद्यार्थी तथा आम जनसमुदायलाई पिडा हुने भएकाेले वीरगंज महानगरपालिकालाई समस्या नियुनीकरण गर्न आग्रह गरिएकाे छ ।

ज्ञापन पत्र बुझाउन नेवि संघ पर्साका उप सभापति जितेन्द्र मिश्र, विकेस पटेल, जिल्ला सदस्य अमित राइडर, प्रसान्त कलवार, इगराशन कलवार लगायतका वीरगंज महानगरपालिकाकाे कार्यालय पुगेका थिए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...