Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

दरदर्वामा युवा जागरण कमिटी गठन

spot_img
spot_img

वीरगंज ।  युवा जनशक्ति समाज नेपाल पर्साद्धारा सञ्चालित युवा जागरण अभियान अन्तर्गत शनिबार वीरगंज महानगरपालिका वडा नं. २८ दरदर्वामा युवा जागरण कमिटी गठन भएको छ ।

दरदर्वा स्थित श्री नेपाल जनता आधारभुत विद्यालयको प्राङ्गणमा भएको युवाहरुको भेलाले २५ सदस्यीय युवा जागरण कमिटी गठन भएको छ । स्थानिय युवा प्रदीप गुप्ताको संयोजकत्वमा जागरण कमिटी गठन भएको हो । जस्को सह–संयोजकमा आरिफ मियाँ र पवन पटेल, सदस्यहरुमा धर्मेन्द्र पटेल, राजनेश साह,रामजिवन मण्डल, रामप्रवेश सहनी,सुबाश साह, धिरेन्द्र सहनी,सुसिल सहनी, दिपेन्द्रपटेल, जयकरण माझी, जीवन माझी, कन्हैया राम, मुकेश पण्डित, जितेन्द्र पटेल, राजीव ठाकुर, लक्ष्मण महतो, जयराम महतो, अवधेश सहनी र बलिराम पटेल लगायत रहनु भएको छ ।

स्थानिय युवा प्रदिप गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि युवा जनशक्ति समाज नेपाल पर्साका अध्यक्ष बिनेश प्रसाद कुर्मीले युवाहरु विभिन्न समय र कार्यमा प्रयोग हुदै आएको तर युवाहरुको उन्नति र विकासको लागि कसैको ध्यान पु्गन नसकेकोले युवा जनशक्ति समाज हरपल, हरक्षण साथमा रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

युवाहरु समाज र राष्ट्रका अभिन्न अंग भएकाले सचेत भई संयमताका साथ एकजुट भएर अगाडि बढन आग्रह गर्नु भयो । वडामा विभिन्न किसिमका समस्याहरु रहे पनि शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी लगायतका आधारभुत समस्याहरुको पहिचान गरी अगाडि बढन सुझाव दिनु भयो । यहाँको स्कूलको अवस्था एकदमै दयनिय रहेकोले सुधारका निम्ति आजैबाट आ–आफ्ना स्थानबाट लाग्न सबै सदस्यहरुलाई आग्रह समेत गर्नु भयो ।

सो अवसरमा युवा जनशक्ति समाज नेपालका सचिव जायेद हुसैन, युवा जागरण अभियानका सह–संयोजक संगित पाण्डे, अभियानका सल्लाहकार बिरेन्द्र ठाकुर, सदस्यहरु करण पटेल, विक्रम पटेल, अहमद अफरोज र मनोज प्रसाद कुर्मी लगायतको सहभागीता रहेको थियो । सो कार्यक्रमको सहजीकरण सदस्य अजय कुमार चौरसियाले गर्नु भएको थियो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी अस्पताल प्रदेश मातहतमा लैजाने चर्चाले वीरगंजमा तरंग

वीरगंज । सङ्घीय सरकारले संरचना पुनर्संरचना तथा खर्च कटौतीको नीतिअन्तर्गत वीरगंजस्थित नारायणी अस्पताललाई मधेस प्रदेश सरकार मातहतमा हस्तान्तरण गर्ने तयारी गरेको भन्ने चर्चा सार्वजनिक...

गौतम स्कूलमा सशस्त्र प्रहरी बलको भूमिकाबारे सचेतनामूलक कार्यक्रम

वीरगंज । गौतम स्कूल वीरगंजमा सशस्त्र प्रहरी बलको भूमिका सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका...

मानव बेचबिखन र लैंगिक हिंसा नियन्त्रणमा साझा सहकार्यको आवश्यकता

वीरगंज । मानव बेचबिखन तथा ओसारपसार एवम् लैंगिक हिंसाका घटना न्यूनीकरणका लागि सबै सरोकारवाला निकायबीच एकीकृत समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ...