वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. १ मा शनिबार निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । रोटरी क्लब अफ वीरगंज र स्थानीय राजेन्द्र चौधरीको आयोजनामा श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय सिद्धपुरमा भएको शिविर सम्पन्न भएको हो ।
शिविरमा ५ सय जति महिला पुरुषले स्वास्थय परिक्षण गराएका थिए ।
शिविरमा नशा रोग तथा हाड जोर्जनी विशेषज्ञ डा. प्रशान्त ठाकुर, डा. शास्वत प्रसाद, डा. आशिफ अंसारी, डा. प्रेरणा प्रिय दर्शनी झा लगायतकाले स्वास्थ परिक्षण गरेको न्यु त्रिलोकी क्लिनिकका प्र्रपोराईटर श्याम गुप्ताले जानकारी दिए ।






