काटा संवाददाता । छिपहरमाई । पर्साको छिपहरमाई गाउँपालिकामा करार, अस्थाइ तथा ज्यालादारी कर्मचारीको समिति गठन भएको छ । छिपहरमाई गाउँपालिका वार्ड नः३ जयमँगलापुरमा रहेको गाउँपालिकाको ग्यारेजको हलमा भएको करार कर्मचारीहरुको भेलाले संजिव कुमार यादवको अध्यक्षतामा २१ सदस्य कमिटी गरेको हो ।
जुन कमिटीको उपाध्यक्ष वीरेन्द्र महतो केवट ,कोषाध्यक्ष प्रशान्त कुमार साह ,सचिव अलिराज मियाँ,सह सचिव कन्हैया साह,सदस्य गुडु कुमार कानु, सदस्य प्रकाश गुप्ता, राजेश महतो, सतिष चन्द यादव, अमरपाल साह, राकेश कुमार सिंह, भूपेन्द्र साह कानु, रिंकी देवी तातवा, सिमा कुमारी, प्रतिभा कुमारी, शिव कुमार गुप्ता, विकास गुप्ता लगायतका चयन भएका छन ।
यस्तै भेलाले २ सदसीय सल्लाहकार समिति पनि गठन गरेको छ । जुन समितिमा रामबहादुर साह कानु र मुकेश कुमार चौरसिया चयन भएका छन ।
नव गठित समितिको उद्देश्य कर्मचारी हक हितको लागी स्थानिय तहदेखी केन्द्र सम्म पहल गर्ने, कर्मचारीमाथी आइपरेको विपत्तिमा सदैव तत्पर रहने, सबै कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सामेल गर्न पहल गर्ने र कर्मचारी राहतको लागी कर्मचारी कल्याण कोषको ब्यबस्था गर्ने लगायतका उदेश्य रहेको करार कर्मचारी जितेन्द्र यादवले बताए ।






