Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

दिब्य युवा क्लबकाे २४ औं बार्षिक साधारण सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । दिब्य युवा क्लब बिरन्चीबर्वा, पर्साकाे २४ औं बार्षिक साधारण सभा शनिबार वीरगंजमा सम्पन्न भएकाे छ ।

श्री त्रिजुद्ध महावीर प्रसाद रघुविर राम माध्यमिक विद्यालय, वीरगंजमा भएकाे साधारण सभाकाे उद्घाटन भारतिय महावाणिज्य दुतावास वीरगंजका काउन्सेलर सुरेश कुमारले गरेका थिए ।

साधारण सभाकाे उद्घाटन गर्दै काउन्सेलर कुमारले भारतिय महावाणिज्य दुतावास नेताहरुकाे लागि मात्र नभई सबैकाे लागि भएकाे वताए । कार्यक्रमकाे प्रमुख अतिथी समेत रहेका उनले भारतिय महावाणिज्य दुतावासले नेपालकाे सहयाेगकाे लागि कराेडाैं खर्च गर्ने गरेकाे वताए ।

काउन्सेलर कुमारले संक्षिप्तमा कार्यक्रममा उठेकाे जिज्ञासाकाे सम्बन्धमा सानाे मन्तव्य राखेका थिए ।

वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्कीले जनप्रतिनिधिले गर्न नसकेकाे काम गैर सरकारी संस्थाहरुले गर्ने गरेकाे वताइन । उनले भनिन “हामीले गर्नु पर्ने काम संघ/संस्थाहरुले गरेका छन् । भाैतिक निर्माणले मात्र देशकाे विकास हुदैन्, समाजिक बिकास पनि चाहिन्छ । त्यही भएर संघ/सस्थाहरुलाई पनि सहयाेग गर्नु पर्छ ।”

कार्यक्रममा अन्य वक्ताहरुले समाजिक विकास अहिले अवश्यकता भएकाे वताएका थिए । वक्ताहरुले भाैतिक निर्माण भाेली पनि गर्न सकिने वताउदै समाजिक विकास अहिलेकाे अवश्यकता भएकाे वताए ।

उद्घाटन समाराेह मै संस्थाले आर्थिक बर्ष २०७६/०७७ मा गरेकाे कार्यक्रमकाे प्रतिबेदन प्रस्तुत संस्थाका कार्यकारी निर्देशक रामाकान्त पटेलले र आर्थिक प्रतिवेदन काेषाध्यक्ष कन्हैया प्रसाद साहले गरेका थिए ।

प्रस्तुत प्रतिवेदन अनुसार हाल संस्थाले एक्सन एड नेपालकाे सहयाेगमा स्थानिय अधिकार कार्यक्रम, एक्सन एड नेपाल/आईरिश एडकाे सहयाेगमा महिला अधिकार कार्यक्रम (समुन्नती परियाेजना), भिएसाे नेपालकाे सहयाेगमा किशाेरी सशक्तिकरणकाे लागि शैक्षिक कार्यक्रम, सुरक्षित सिकाई परियाेजना, एक्सन एड नेपालकाे सहयाेगमा काेभिड १९ का सहायक प्रभाव उत्थानशील प्रतिकार्य कार्यक्रम र वीरगंज महानगरपालिकाकाे सहयाेगमा वैदेशिक राेजगारका लागि सुरक्षित आप्रवासन परियाेजना संचालन गरिरहेकाे छ ।  

गत आर्थिक बर्ष २०७६/०७७ मा संस्थाकाे आय ३ कराेड १३ लाख ८ हजार ६ सय ३ र व्यय ३ कराेड १२ लाख ९४ हजार ९ सय १३ रहेकाे आर्थिक प्रतिवेदन काेषाध्यक्ष साहले प्रस्तुत गरेका थिए । 

दिव्य युवा क्लबका अध्यक्ष देवनाथ ठाकुरकाे अध्यक्षमा भएकाे कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, समाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवान, सलाहकार बृजकिशाेर पटेल, हेल्बटासका प्रतिनिधि शिवचरण राैनियार, कालिकामाई गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष पवन तिवारी, श्री दिव्य कन्या माविका प्रधानाध्यापक रामयतन प्रसाद लगायतकाले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन उर्मिला कुमारी सापकाेटाले गरेकी थिइन ।

कार्यक्रममा बिन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु, भिएसाे नेपालका केशवराज लामसाल, त्रिजुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक हिरन्द्र प्रसाद कुर्मी, भिएसाे नेपालकी कार्यक्रम अधिकृत देवी शर्मा, दिव्य युवा क्लबकी उपाध्यक्ष सुकमिन देवी, सचिव जयनारायण पटेल, काेषाध्यक्ष कन्हैया प्रसाद, किशाेरी सशक्तिकरणकाे लागि शिक्षा कार्यक्रमका वित संयाेजक नागेन्द्र पटेल, सुरक्षित सिकाई परियाेजनाका संयाेजक जयनारायण चाैधरी, समुन्नती परियाेजनाकी संयाेजक काेपिला कुमारी चाैलागाई लगायतकाे उपस्थिती रहेकाे थियाे ।

संस्थाद्वारा विभिन्न व्यक्ति र संस्था सम्मानित 

साधारण सभाकाे उद्घाटन समाराेहमा दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेल, किशाेरी सशक्तिकरणकाे लागि शिक्षा कार्यक्रमका संयाेजक गणेश बहादुर ठकुरी, दिव्य युवा क्लबका वित तथा प्रशासन संयाेजक श्यामकिशाेर प्रसाद चाैहान, स्थानिय अधिकार कार्यक्रमका अधिकृत सुनिल कुमार भारती, समुन्नती परियाेजनाका समाजिक परिचालक उमेश कुमार महताे, स्थानिय अधिकार कार्यक्रमकी सिकाई केन्द्र सहजकर्ता श्रृजना कुमारी चाैधरी, समाजिक परिचालक छाेटेलाल प्रसाद यादवलाई प्रशंसा पत्रले सम्मान गरिएकाे थियाे ।

त्यसैगरी, किशाेरी सशक्तिकरणकाे लागि शिक्षा कार्यक्रमका समुदायिक परिचालक गुलसन त्रिपाठी, ठुली दिदी कृपा देवी, रानीबाला कुमारी, नुसरत अंसारीलाई समेत प्रशंसा पत्रले सम्मान गरिएकाे थियाे ।

त्यसैगरी, कार्यक्रम संचालन रहेकाे पालिका जगरनाथपुर गाउँपालिका, धाेबिनी गाउँपालिका, पटेर्वा सुगाैली गाउँपालिका, बिन्दवासिनी गाउँपालिका र पाेखरिया नगरपालिकालाई पनि प्रशंसा पत्रले सम्मान गरिएकाे थियाे ।

त्यसैगरी, संस्थालाई सहयाेग गर्ने समाजिक संस्था जिल्ला समन्वय समिति पर्सा र साे संस्थाका सल्लाहकार बृजकिशाेर पटेललाई सम्मान पत्रले सम्मान गरिएकाे थियाे ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...