Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

वीरगंजमा सहिदहरुको शालिक अनावरण

spot_img
spot_img

वीरगंज । वीरगंजकाे घण्टाघरस्थित पार्कमा निर्मित ७ जना शहिदहरुको शालिक शनिबार अनावरण गरिएकाे छ ।

विघठित प्रतिनिधि सभा सदस्य प्रदिप यादव र वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले संयुक्त रुपमा शालिक अनावरण गरेका हुन् ।

शालिक अनावरण कार्यक्रममा वाेल्दै विघठित प्रतिनिधि सभा सदस्य यादवकाे संसदीय कोषको रकम र वीरगंज महानगरपालिकाको संयुक्त लगानीमा ८ जना शहीदहरुको सम्झनामा बनाईएको सहिदहरुको शालिक अनावरण कार्यक्रम शनिबार सम्पन्न भएको हो ।

२०७२ सालमा भएको तेस्रो मधेस आन्दोलनका क्रममा वीरगंजमा प्रहरीको गोली लागेर सहादत प्राप्त गरेका सहिदहरुको योगदानलाई कदर गर्दै निर्मित सहिद स्मारकको निर्माण गरिएकाे जनाइएकाे छ ।

कार्यक्रमलाई समबोधन गर्दै पर्सा क्षेत्र नं. १ बाट निर्वाचित विघटित प्रतिनिधी सभाका सदस्य यादवले मधेश आन्दोलनको रणभूमी रहेको वीरगंजको घण्टाघरमा नै सहिदहरुको शालिक बन्ने सपना पुरा भएको बताए । उनले सहिदहरुको शालिक अनावरण गर्न पाउदा गर्भावित महशुस भएको बताए ।

मधेशको अधिकार र पहिचानको लागि गरिएको आन्दोलनमा सहादत प्राप्त गरेका मधेशी योद्धाहरुको योग्दान सधै स्मरणीय रहने उनको भनाई थियो । सबै कुरा एकैचोटी प्राप्त नहुने बताउँदै यादवले भने, ‘भारतलाई गुलामीबाट आजाद गराउन महात्मा गान्धीले वर्षाै वर्षसम्म आन्दोलन गर्दा अंग्रेज भागेर भारत आजाद भएको थियो । मधेश आन्दोलन जारी नै छ, अहिले दबाईएको मात्रै हो ।’’

कार्यक्रमका प्रमुख आतिथि समेत रहेका यादवले संविधान गडबड रहेको पटक पटक हामी भन्दै आए पनि कांग्रेस र नेकपाले मधेशमा गोली चलवाई जबरजस्ती संविधान लादी हतार हतारमा गडबड संविधान बनाएकै कारण प्रधानमन्त्री ओलीले मुलुकमा अहिले प्रतिगमन लयाएको प्रस्ट पारे ।

अब मुलुकमा इमरजेन्सी पनि लगाउने कुरा आईरहेको बताउँदै सांसद यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि समाप्त पार्न षडयन्त्र भईरहेको आरोप लगाए ।

‘‘सरकारले चालेको प्रतिगमनको कदम सर्बाेच्चले सच्चयायो भने शान्ति हुने होईन भने अन्याय ग¥यो भने मुलुकमा यस्तो लहर र आन्दोलन हुन्छ कि जनता नै सरकारलाई उठाएर रोडमा फाल्छन्–त्यो दिन आईरहेको छ, उनले भने ।’’

मधेश आन्दोलनमा सहादत प्राप्त गरेका ११० जनै सहिदहरुको शालिक अट्ने गरि पार्क बनाउन वीरगंज महानगरलाई उनले आग्रह गरे ।

वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले सहिदहरुको ऋणको रुपमा शालिक बनाएर सानो काम मात्रै गरेको बताए । उलने वीरगंज महानगरले रेल्वेसंग खरिद गरेको साढे ३ विग्हा जग्गामा पार्किङ्गको व्यवस्था गरि ४० फूटको पत्थर राखेर सबै सहिदहरुको मूर्ति बनाउने बताए ।

तत्कालिन समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद प्रहलाद गिरी, करिमा बेग्म, जन्नत अंसारी, भिमा यादव, सिंघासन साह कलवार, केन्द्रिय सयदस्यद्वय जनार्दन यादव, शिव पटेल, महिला नेतृ मोनिका सिंह, रेखा साह, सखुवा प्रसौनी गाउँपालका अध्यक्ष प्रदिप जयसवाल, विन्दवासिनी गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु, प्रदेश समिति सदस्य महाराज यादव लागतयको नेता ताथ कार्यकर्ताहरुको सहभागिता रहेको थियो भने कार्यक्रमकाे संचालन जसपा पर्साका सचिव तबरेज अहमदले गरेका थियाे ।

जनता समाजवादी पार्टी, पर्साकाे आयाेजनामा भएकाे कार्यक्रममा सहिद परिवारका सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...