Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

सीमा नाका खाेल्न माग गर्दै नेपाली कांग्रेस पर्साद्वारा गृहमन्त्रीलाई ज्ञापन

spot_img
spot_img

बीरगन्ज । सीमा नाका खाेल्न माग गर्दै बिहिबार नेपाली कांग्रेसले जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएकाे छ । गत ११ महिनादेखि बन्द रहेकाे सीमानाका खाेल्न आग्रह गर्दै नेपाली कांग्रेसले प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ज्ञापन पत्र बुझाएकाे हाे ।

नेपाल सरकारले कोभिड १९ महामारीको अवस्थामा बन्द गरेको सीमानाकाहरुलाई खोली सहज रुपमा आवत जावतलाई व्यवस्थित गर्ने निर्णय गरिसकेकाे भएपनि बीरगन्ज – रक्सौल (भारत) लगायत यस जिल्लाका अन्य सीमानाकाहरुमा हाल सम्म पनि सहज सवारी साधन सञ्चालन नभएको हुँदा यस भेगका उद्योगी – व्यवसायी, पर्यटक एवंम् सर्वसाधारण जनताको समेत दैनिकी काम काज एवंम् आवत जावत गर्न सास्ती व्यहेर्नु परेको प्रति नेपाली काँग्रेस पर्साकाे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल भारत सीमाकाे प्रमूख नाका रूपमा रहेको औद्योगिक नगरी वीरगन्ज र यस भेगका आम जनताको भारतसंग रोटीबेटीको सम्बन्ध देखि उद्योग, व्यवसाय, शिक्षा ,स्वास्थ्य, पर्यटन लगायत दैनिक काम काजको लागि समेत सीमा नाकाबाट सवारी साधन आवत जावत सहज हुनु अति नै आश्यक रहेकाले ज्ञापन पत्रमार्फत गृह मन्त्रालयकाे ध्यानाकर्षण गराइएको नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेलले वताए ।

नेपाली कांग्रेसले ज्ञापन पत्र मार्फत सीमानाका अबिलम्ब नखाेलिए बाध्य भएर थप आन्दोलनको कार्यक्रम गर्न सक्ने चेतावनी समेत दिएको छ ।

नेपाली कांग्रेस पर्सा अध्यक्षका अजय कुमार द्विवेदीको नेतृत्वमा उपसभापति बिना गुप्ता, सचिव किशाेरी साह, बीरगन्ज महानगरपालिकाकी उप-मेयर शान्ति कार्की, पर्सागढी नगरपालिकाका मेयर लाेकनारायण यादव लगायतकाले ज्ञापन पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...