Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

जगरनाथपुरमा एक महिलामाथी कुटपिट

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं २ मा घरपालुवा जनावरको बिषयमा भनाभन हुदाँ एक महिलामाथी कुटपिट भएको ७ दिन बितिसक्दा पनि पिडितले न्यायकाे लागि गुहार गरेकी छिन् ।

जानकीटोला वडा नं. ०२ की अन्दजी ४५ बर्षिय महिला कोसीला देविमाथी उनका छिमेकी बिहारी महतो तथा उनका छोरा कबिलास महतोले संयुक्तरुपमा कुटपिट गरेको र पिडीतले एक हप्ता अगाडि जानकीटोला प्रहरी चौकीमा निवेदन दिएकोमा हाल सम्म कुनै सुनुवाई नभएको पिडितको महिलाकाे गुनासाे छ ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक मनोजित कुवरले स्थानीय चौकीमा दिएको निवेदनको जानकारी आफु संग नभएको तर पिडितलाई न्यायको लागि पहल गर्ने बताए ।

उनले जति सक्दो छिटो आफुलाई भेट्न पिडितलाई अनुरोध गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...