Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

वीरगंज छपकैयास्थित एक प्लाष्टिक गोदाममा आगलागी

spot_img
spot_img

वीरगंज । वीरगंजकाे छपकैयास्थित रहेकाे एक प्लाष्टिक गोदाममा बुधबार सांझ आगलागी भएको छ । कमरुल हसनले सञ्चालन गरेको अर्सद स्केप प्लाष्टिक उद्योगमा आगलागी भएको थियो । आगलागीबाट गोदामको अग्रभागमा रहेको प्लाष्टिकका कबाडहरु जलेर नष्ट भएको छ । 

साँझ ६:३० बजे भएको आगलागी ढेड घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएकाे छ । आगलगी बीरगन्ज महानगरपालिकाबाट गएको वारुण यन्त्र, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतकाको सहयोगमा नियन्त्रणमा आएकाे थियाे ।

आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको पर्साका प्रहरी नायब उपरिक्षक मनोजित कुँवरले बताए । आगलागीको कारण पनि हालसम्म खुल्न नसकेको उनले जनाए ।

प्लाष्टिक गोदाममा भएको आगलागीको मुस्लो ३५ फिट माथि सम्म देखिएको र धुँवाका कारण छपकैया आसपासको क्षेत्रमा कालो बादल लागेको स्थानियहरुले बताए । आगलागीका कारण उक्त क्षेत्रका स्थानियहरु केहीबेरका त्रसित समेत भएका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीबारे गृहमन्त्रीको बिफ्रिङ : ‘राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन’

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा फसेकाको उद्धारका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताउनुभएको छ । राष्ट्रिय विपद् जोखिम...

भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि जगदम्बा इन्टरप्राइजेजको ५१ लाख सहयोग

वीरगंज । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले जगदम्बा इन्टरप्राइजेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा...

रसुवा बाढीपीडितका लागि ठोरी गाउँपालिकाको ११ लाख रुपैयाँ सहयोग

वीरगंज । रसुवा लगायतका जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि पर्साको ठोरी गाउँपालिकाले ११ लाख रुपैयाँ सहयोग गर्ने भएको छ...