Date
बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

वीरगंजकाे पानी उद्योगहरूमा प्रशासनकाे अनुगमन, मयाक्स प्याकिङ उद्योगमा ताला

spot_img
spot_img

वीरगंज । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय पर्साले संयुक्त रूपमा बुधबार वीरगञ्जमा रहेको पानी उद्योगहरूमा छड्के अनुगमन गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख विक्की प्रसादको नेतृत्वमा रहेकाे अनुगमन टोलीले वीरगञ्ज क्षेत्रमा रहेको आधा दर्जनभन्दा बढी पानी उद्योगहरूमा छड्के अनुगमन गरेको हो l अनुगमनकाे क्रममा अधिकांस पानी फ्याक्ट्रीहरु मापदण्ड अनुसार संचालन नरहेको पाइएको छ ।

अधिकांस फ्याक्टरीहरुले पिउने पानीको जार सफा नहेरेको, जार फुटेको, मसिनहरु बिग्रिएको, सफासुग्घर नभएको पाइएपछि अनुगमन टोलीले त्यसलाई सुधार्ने १ महिनाको समय दिएको छ ।

त्यसपछि पनि सुधार गरेको पाइएन भने कानुन अनुसार कारवाही गर्ने अनुगमन टोलीका प्रमुख विकि प्रसादले जानकारी दिए ।

यसैगरी, बीरगञ्ज महानगरपालिका वडा नं १३ मा सञ्चालनमा रहेको मयाक्स प्याकिङ उद्योग कम्पनीले दर्ता बिना नैं पानीको जार बिक्री गरेको पाइएपछि कारवाही स्वरूप उद्योगको सम्पूर्ण कागजात जफतगरी उद्योगमा ताल्चा लगाई जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको छ ।

अनुगमन टोलीले रानीघाटमा रहेको बोलबम पियोर ड्रीकिङ वाटर, निर्जल जल, साई ड्रीङ्किंग वाटर लगायतको पानी फ्याक्टरीहरूमा अनुगमन गरेको हो ।  

अनुगमन टाेलीमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधी सुदर्शन आचार्य, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक उपेन्द्र यादव लगायतको सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्राउन सुगरसहित छिपहरमाईका आलम र जगरनाथपुरका पटेल पक्राउ

वीरगंज । पर्सामा १५४ ग्राम ब्राउन सुगर र ११ ग्राम ५९ मिलिग्राम अफिमजस्तो देखिने पदार्थसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लागूऔषध खरिद–बिक्री भइरहेको...

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...

वीरगंज १२ काे कांग्रेस सभापतिमा जवाहरलाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ ।...